११ श्रावण २०८१, शुक्रबार

प्रदेश सरकारको बजेट विषयमा नेकपाभित्र चर्को विवाद (फाेटोफिचर)



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेटको विषयमा नेकपाभित्र चर्को विवाद भएको छ ।


प्रदेश सरकारले दलभित्रकै सांसद्हरुको विरोध झेल्न नसकेपछि हाई कमाण्डको सहारामा प्रदेश संसदीय समितिको बैठक बसेको छ । बैठकमा सरकारको बजेटको विरोध नगर्न सत्तापक्ष नेकपाका सांसद्हरुलाई नेकपाको हाईकमाण्डले निर्देशन दिएको छ ।
नेकपाका प्रदेश सांसद्हरुले आर्थिक वर्ष २०७६÷०७७ का लागि प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको बजेटको विरोधमा उत्रिएपछि बुधबार बसेको नेकपा संसदीय दलको बैठकमा नेकपाका नेताहरुले साे निर्देशन दिएका हुन् । पार्टीमा बजेटको विषयमा भएको चर्को विवाद मिलाउन नेकपा प्रदेश संसदीय दलको बैठक शुक्रबार नेकपाका सुदूरपश्चिम स्थायी समिति सदस्य लेखराज भट्ट, प्रदेश सहइञ्चार्ज लक्ष्मणदत्त जोशी र प्रदेश अध्यक्ष कर्ण थापाको उपस्थितिमा बसेको थियो ।

बैठकमा सांसदहरुले आर्थिक मामिला तथा योजनामन्त्री बोहराले प्रदेश सभाबाट पारित सुशासन ऐन उंल्लंघन गरेको र पार्टीका सांसदहरुले दिएको सुझाव कार्यान्वयन नगरेको मन्त्री बोहराको चर्को आलोचना गरेका छन् । मुख्यमन्त्री तथा संसदीय दलका नेता त्रिलोचन भट्टको अध्यक्षतामा बसेको बैठकमा मन्त्रीपरिषदका सबै सदस्य र नेकपाका सबै प्रदेश सांसदहरु उपस्थित थियो । बैठकमा सबै सांसदहरुले पालैपालो बोलेको थिए । सांसदहरुले आफ्नो कुरा राखिसकेपछि आर्थिक मामिला तथा योजना मन्त्री बोहराले जवाफ दिने अपेक्षा सांसदहरुले गरेका थिए । तर मन्त्री बोहराले कुनै जवाफ नदिएको बैठकमा सहभागी एक सांसद्ले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार