१९ कार्तिक २०८१, सोमबार

आजदेखि रोजगार मेला



धनगढी । धनगढीमा आज (शुक्रबार) देखि दुई दिने रोजगार मेला शुरु हुदैछ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र कैलाली उद्योग वाणिज्य संघको संयूक्त आयोजनामा कैलाली उद्योग वाणिज्य संघको सभाहलमा सो मेला सञ्चालन हुने बिहिबार धनगढीमा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

‘सिप, श्रम, मर्यादित रोजगारी, सबैको अधिकार सबैको जिम्मेवारी’ भन्ने नाराका साथ हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको जनाइएको छ ।
संघका अध्यक्ष पुष्पराज कुँवरले मेलामा रोजगारदाताबाट सात, तालिम प्रदायक संस्थाबाट दुई, स्वास्थ्य संस्थाबाट दुई, श्रमिक आपुर्तिकर्ताबाट दुई र अन्य गरी १७ वटा स्टल रहने जानकारी दिए । मेलामा बेरोजगार युवासहित विभिन्न क्षेत्रबाट गरी एक हजार व्यक्तिको सहभागिता रहने अनुमान गरिएको छ ।
अध्यक्ष कु“वरले मेलालाई सफल पार्नका लागि प्रचार प्रसार, अटो माइकिङ लगायतका काम गरिएको बताए ।
श्रम कार्यालयका अनुसार कैलालीमा एक सय रोजगारदाता रहेको र १४ हजार पा“च सय बेरोजगार रहेको जनाइएको छ । मेलाले रोजगारदाता र बेरोजगारबिच पुलको भुमिका निर्वाह गर्ने अपेक्षा लिइएको छ ।
मेला सञ्चालनमा झण्डै तीन लाख ८८ हजार खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार