१० श्रावण २०८१, बिहीबार

चार वटा सामुदायिक वनलाई पिक्निक स्पट बनाउन अध्ययन



धनगढी । आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले धनगढी उपमहानगरपालिका क्षेत्र भित्रका चार वटा सामुदायिक वनलाई पिक्निक स्पट बनाउन अध्ययन शुरु गरेको छ ।
कृष्ण सामुदायिक वन वडा नंं ६, कैलाली सामुदायिक वन वडा नं. १३, तारानगर सामुदायिक वन वडा नंं. ५ र शीवपुरी सामुदायिक वन वडा नं. ४ लाई पिक्निक स्पट बनाउन अध्ययन शुरु गरेको हो ।
जिल्ला वन कार्यालयका प्रतिनिधि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वड, सामुदायिक वनका अध्यक्ष, वडा अध्यक्षहरुको सर्वपक्षिय बैठक बसी यी सामुदायिक वनलाई पिक्निक स्पट बनाउन अध्ययन शुरु गरेको कैलाली सामुदायिक वनका अध्यक्ष कमल बोहराले जानकारी दिए ।
साथै बैठकले सामुदायिक वनमा चोरी निकासी रोक्न तारबार गर्ने आम्दानी बा“डफा“डको बैज्ञानिक व्यवस्थापन गर्ने अतिक्रमण हटाउने, पार्किङको व्यवस्था गर्ने र चार वटै सामुदायिक वनमा गेटको निर्माण गर्ने बुँदामा समेत सहमति जनाएको उनले बताए ।
सामुदायिक वनमा पर्यटन प्रबद्र्धन, सम्बद्र्धन गर्न सबैको आवश्यकता हुनु पर्ने र पार्कको विस्तार गर्न बहुबर्षिय योजना बनाई अघि बढ्ने समेतको सहमती गरिएको छ ।
पार्क निर्माण गर्न र सामुदायिक वनको स्तरोन्नती, संरक्षण सम्बद्र्धन गर्न कटिबद्ध भएर लाग्ने धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप बहादुर वडले बताए । जुन योजनाबाट सामुदायिक वन पनि सम्बृद्ध हुने र आन्तरिक पर्यटनलाई पनि बढवा हुने उनको तर्क थियो ।
त्यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष बिजयराज जोशीले यो योजनाबाट सामुदायिक वनहरुलाई राम्रो आम्दानी हुनेमा आफू विश्वस्त रहेको बताए । जडीबुटी र जंगली जनावरहरुको संरक्षणमा समेत यो योजनाले काम गर्ने समेत वडाअध्यक्षहरुको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार