१० श्रावण २०८१, बिहीबार

स्तनपान कक्ष निर्माण



धनगढी । धनगढी उपमहानगरपालिकाले कार्यालयमा महिला कर्मचारी र सेवाग्राहीलाई लक्षित गरी स्तनपान कक्ष निर्माण गरेको छ ।
उपमहानगरपालिकाले कार्यालयको मुल भवनको उत्तरपट्टि सूचना केन्द्र संगै स्तनपान कक्ष निर्माण गरेको छ । कार्यालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका महिला कर्मचारी र बच्चासहित बिभिन्न कामका लागि उपमहानगरपालिकामा पुग्ने महिला सेवाग्राहीका लागि स्तनपान कक्ष निर्माण गरिएको हो ।
उपमहानगरले निर्माण गरेको स्तनपान कक्षमा एकैपटक पाँच जनासम्मले स्तनपान गराउन सक्ने ठाउँ छ ।
निश्चित अवधिको सुत्केरी विदापछि महिला कर्मचारीहरुले काममा फर्किनु पर्दा कार्यालयमा सेवाग्राही र पुरुष कर्मचारीका वीच बसेर स्तनपान गराउन समस्या हुन थालेपछि हरेक कार्यालयमा छुट्टै स्तनपान कक्ष आवश्यक रहेको भन्दै यसको निर्माणका लागि अधिकारकर्मीहरुले पहल गरिरहेका थिए ।
धनगढी उपमहानगरपालिकाका उप प्रमुख सुशीला मिश्र भट्टले कर्मचारी र सेवाग्राही दुबैलाई लक्षित गरेर स्तनपान कक्ष निर्माण गरिएको बताइन । उनले कार्यालयमा कर्मचारीले पनि स्तनपानमा समस्या भोग्ने गरेको र सेवाग्राहीले झन समस्या भोग्ने गरेका कारण समस्यालाई बुझेर स्तनपान कक्ष निर्माण गरिएको बताइन ।
धनगढी उपमहानगरपालिकाले तीन महिनाअघि नै निर्माण गरेको उपप्रमुख भट्टले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार