१२ श्रावण २०८१, शनिबार

हावाहुरी प्रभावितहरू आन्दोलित: विद्युत आपूर्तिको माग गर्दै घेराउ तथा धर्ना



धनगढी । आठ दिनअघि आएको बिनाशकारी हावाहुरीबाट पीडित तथा प्रभावित भएकाहरू आन्दोलित भएका छन् । हावाहुरी प्रभावितहरूले आठ दिन भइसक्दा पनि विद्युत आपूर्ति हुननकेको भन्दै धर्ना तथा घेराउ सहित आन्दोलन जारी राखेका छन् ।


यस क्रममा धनगढी उपमहागरपालिका वडा नम्बर २, बैयाबेहडीका बासिन्दाले बिहीबार वडा नम्बर २ को वडा कार्यालयमा घेराउ गर्नुका साथै नेपाल विद्युत प्राधिकरण धनगढी शाखामा धर्ना दिए ।
लगातार आठ दिनसम्म पनि विद्युत सेवा आपूर्ति गर्न ध्यान नदिएकाले आन्दोलनमा उत्रिनु परेको स्थानीय कला कु“वरले बताइन । उनले हावाहुरीबाट ढलेका विद्युतका पोल आठ दिनसम्म पनि उठाउनेतर्फ चासो नदिएकोमा आक्रोस व्यक्त गरिन् ।
स्थानतीय भगवती शर्माले स्थानीयहरूले ढलेका विद्युतका पोल आफैं उठाएर पुनः गाडेको भए पनि विद्युत आपूर्तिका लागि वडा कार्यालय तथा विद्युत प्राधिकरणले चासो नदिएको गुनासो गरिन् ।
वडाबासीहरूले अवरुद्ध विद्युतको आपूर्ति सुचारु गर्न जनप्रतिनिधीहरू तथा विद्युत प्राधिकरणले चासो नदिएको आरोप लगाइरहेका छन् । उनीहरूले भने– विद्युत आपूर्तिका लागि हामी पटकपटक विद्युत् प्राधिकरण धायौं, वडाका जनप्रतिनिधिहरूलाई गुहा¥यौं, तर कुनै सुनुवाई भएन ।
यता वडाका जनप्रतिनिधिहरू भने विद्युत प्राधिकरणको लापरवाहीका कारण समस्या समाधान हुननकेको बताउछन् । वडा नम्बर २ की वडा सदस्य रत्ना बिष्टले भनिनु– यतिका दिनसम्म विद्युत सेवा सुचारु नहु“दा स्थानीय बासिन्दा आन्दोलित हुनु स्वाभाविक हो । पटक–पटक प्राधिकरण धाउ“दा पनि कुनै सुनुवाइ भएको छैन ।
नेपाल विद्युत् प्राधिकरण, धनगढी शाखाले भने जनशक्ति कम भएकाले सेवा सेवा आपूर्तिमा ढिलाई भएको दाबी गर्दै आएको छ । प्राधिकरणका अनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानमा पछिल्लो एक साताको अवधिमा पा“च सय बढी नया“ पोल जडान गरिसकेको छ ।
प्राधिकरणका सहायक इन्जिनियर गोपाल चन्दले केही दिनभित्रै धनगढीका सम्पूर्ण क्षेत्रमा विद्युत आपूर्ति सुचारु हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार