धनगढी विमानस्थल पुनःसञ्चालनमा आयोे
धनगढी । एक महिनादेखि बन्द रहेको धनगढी विमानस्थल आज (बुधबार) देखि पुनःसंचालनमा आएको छ ।

धनगढी विमानस्थलको धावनमार्ग मर्मतको काम ५० प्रतिशत पुरा भइसकेको जनाइएको छ । विमास्थलका प्रमुख तेजबहादुर बुढथापाले भने– आजदेखि विमानहरू उडान भर्न र उत्रिन सकेको छ । बाँकी काम उडानलाई प्रभाव नपार्ने गरि हुने छ ।
उनका अनुसार जेठ ३२ गतेसम्म एयरलायन्स कम्पनीहरूले आ–आफनो समय तालिका अनुसार उडान गर्ने छन् । उनले भने– असार १ गतेदेखि विहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मात्र विमानहरूले उडान भर्ने छन् । अन्य समयमा बा“की रहेको मर्मत कार्य हुने छ ।
विमानस्थलमा विमानहरू चल्ने सक्ने अवस्था भएपछि विमान कम्पनीहरूले पनि उडान भर्ने तयारी गरेका छन् ।
जमिनको वनावटका कारण काम बढी गर्नुपरेको र एक महिना सम्म पनि धनगढी–खुटीया खण्डमा ठुला सवारी साधन सञ्चालनमा रोक लगाईएकाले निर्धारित समय भित्रै स्तर बृद्धिको कार्य पुरा हुन सकेको थिएन ।
धनगढी विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग छ । अव धावनमार्गमा थप कालोपत्रे हु“दै छ भने जिर्ण बनेको क्षेत्रमा मर्मत भईरहेको छ । दुवैतर्फ २–२ मिटर धावनमार्ग फराकिलो बनाउने कार्य पनि जारी छ ।





