१२ श्रावण २०८१, शनिबार

खुला आकाशमुनी बास



धनगढी । ‘४१ डिग्रीको तापक्रम । शिर छोप्न घर छैन’ धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाइ बस्ने प्रताप कु“वरले भने ‘सरकारले शिर छोप्न त्रिपाल पनि दिएको छैन ।’ जेठ २३ गते आएको विनासकारी हावाहुरीले उनको घर उडाएपछि कहा“ बस्ने भन्ने समस्या रहेको छ ।
शनिबार वडा कार्यालयले त्रिपाल सो वडामा वितरण गर्ने भनेर १५ थान त्रिपाल लगेको थियो । आफनो नाम पहिलोमै सिफारिस भएको देखेपछि उनी त्रिपाल लिन बसे तर, रितो हात फर्कनु पर्यो ।

उनी मात्र होइन हावाहुरीले घरमा पूर्ण रुपमा क्षति पुर्याएका सोही वडाका दानबहादुर नेपाली, गोपीसिंह अधिकारी सहित १० जनाले त्रिपाल नपाएको गुनासो गरे । गोपीसिंह अधिकारीले भने, ‘सिफारिसमा नाम थियो तर, वडा कार्यालयले आएको त्रिपाल आफनै मान्छेलाई वितरण ग¥यो ।’
चतुर्भुज चौधरीको घरको पुरै छाना हावाहुरीले उडाएपछि उनको परिवार पनि खुला आकाशमुनि दिन रात बिताउन बाध्य छन् । ‘भन्नलाई यो देशमा तीन वटा सरकार छन’ चौधरीले भने, ‘तर अहिलेसम्म हामीले सरकार देख्न र महशुष गर्न पाएका छैनौ ।’
वडा नम्बर १५ उर्मीकी तुल्सी बोगटीले भनिन ‘हावाहुरीको केही बा“की नराखेको पीडा सुनाइन् । ‘छाना उडाएर लग्यो, खाद्यान्न नष्ट भयो । लगाउने लुगा पनि बा“की राखेन ।’
कनरीका ७५ वर्षीय पञ्चराम चौधरीका चार छोराको घर हावाहुरीले पूर्ण रुपमा क्षतिग्रस्त छ । चार वटैको घरको छानो छैन । उनी छोराहरुको परिवारको बिचल्ली देखेर चिन्तित थिए । ‘एउटालाई मात्र समस्या परेको भए अरु भाइले सहयोग गर्थे । चारै जना समस्यामा छन् । कसले सहयोग गर्ने ?’ छोराहरुको बिचल्ली सुनाईरहदा बृद्ध पञ्चरामका आ“खामा आ“सु टिल्पिलाईरहेका थिए । घरको छाना र भित्ता उडाएर लगेका कारण अधिकांश परिवार खुला आकाश मुन्तिर रात बिताउन बाध्य छन् ।
धनगढी उपमहानगरपालीका २ सन्तोषी टोलका धर्मराज ओझाले आफन्तको घरमा साहारा लीएर बसेको छु । ओझाले भने, ‘हुरीले छानो उडाएको चार दिन भईसक्यो राहतको नाममा एउटा त्रिपालमात्रै आएको छ, के गर्नु खान लाउन केही बाकी राखेन स–परिवार आफन्तको साहारामा बाचिरहेका छौ ।’
स्थानीय रामदिन चौधरीले आर्थिक अवस्था कमजोर भएका कारण अधिकांश परिवारको बिचल्ली भएको बताए ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा आइतबार त्रिपाल बोकेर नेपाल रेडक्रस सोसाइटीको टोली पुग्यो तर, उनले पाएनन् । भने वडा कार्यालयलै म सहित आठ जनाको नाम दिएको थियो । उनले वडा कार्यालयलै सिफारिस गरेका मध्ये चार जनाले मात्र त्रिपाल पाएको र अन्य १० जना खुल्ला आकाशमुनि बस्न बाँध्य छन् ।
कैलालीमा दुई हजार दुई सय १६ घरधुरी विनासकारी हावाहुरीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । प्रशासन कार्यालयका अनुसार घरमा पूर्ण रुपमा क्षति भएका प्रभावितहरुलाई त्रिपाल वितरण गर्ने काम जारी भइरहेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भने, ‘शनिबार गोदावरीमा पा“च सय २०, धनगढीमा एक सय ५० र अन्य स्थानीय तहमा त्रिपाल वितरण गरिएको थियो । आईतबार कैलारी गाउ“पालिकामा छ सय एक र धनगढी उपमहानगरपालिकामा ६५ त्रिपाल वितरण गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार