१० श्रावण २०८१, बिहीबार

विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले डेढ लाख राहत दिने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विपदमा ज्यान गुमाएका र हावाहुरीबाट घर क्षति भएका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्री परिषदको बैठकले प्रदेश सरकार गठन भए यता विपदमा परी ज्यान गुमाएका परिवारलाई एक लाख ५० हजार राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एंव आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले जेठ २३ गते कैलाली र कञ्चनपुरमा आएका हावाहुरीमा परी ज्यान गुमाएका परिवारसंगै प्रदेशमा विपदमा परी ज्यान गुमाएका परिवारहरुलाई एक लाख ५० हजार रकम उपलब्ध गराइने निर्णय भएको बताए । उनले प्रदेश सरकार गठन भएयता हावाहुरी, बाढी, चट्यांग, पहिरो लगायतका विपदमा परी ३८ जनाको मृत्यु भएको बताए ।
कैलाली कञ्चनपुरमा आएको हावाहुरीका कारण घर पूर्ण रुपमा क्षति भएका परिवारलाई २० हजार रुपैया“ र आशिंक क्षति भएकालाई १० हजार रुपैया“ छुट्टै उपलब्ध गराउने निर्णय गरेको छ ।
योसंगै पूर्ण रुपमा घर क्षति भएका परिवारलाई सुरक्षित बसोबासको व्यवस्था गर्न संघीय सरकारलाई अनुरोध गरिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री एंव सरकारका प्रवक्ता शाहले जानकारी दिए ।
यस्तै, बालीनाली, पशुपन्छीमा क्षति भएको विषयमा विषयगत मन्त्रालयले कानुन बमोजिम मापढण्ड बनाई कार्यान्वय गर्नुपर्ने निर्णय भएको मन्त्री शाहले बताए । मन्त्री शाहका अनुसार हावाहुरीबाट भएको क्षतिको पूर्ण विवरण आइनसकेको बताए । उनले क्षतिको विवरण आए लगत्तै राहत रकम उपलब्ध गराइने बताए ।
उनका अनुसार अहिलेसम्म कैलालीमा एक हजार एक सय ७४ घर पूर्ण रुपमा क्षति भएको प्रारम्भिक विवरण आएको जानकारी दिए । मन्त्री शाहले कैलालीको धनगढीमा अवरुद्ध विद्युत सेवालाई जति सक्यो चाडो सञ्चालनमा ल्याउने प्रयास भइरहेको बताए । विद्युत सेवा ‘सूचारु गराउन सुरक्षा निकाय, विद्युतका कर्मचारीहरुले तिव्र रुपमा काम गरिरहेका छन्,’ उनले भने, ‘केही ठाउ“मा विद्युत सेवा शुरु भइसकेको छ ।’
प्रदेश सरकारले प्रदेशमा सुदूरपश्चिम मुख्यमन्त्री राहत कोष स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशमा आउने बाढी, हावाहुरी, पहिरो लगायतबाट प्रभावित भएका पीडितलाई रकम उपलब्ध गराउने उद्देश्यले सो कोष स्थापना गरिने प्रदेश सरकार प्रवक्ता शाहले बताए । उनले सोे कोषमा आम सुदूरपश्चिमबासीलाई रकम जम्मा गर्न पनि आग्रह गरे ।
बिहिबार राती आएको हावाहुरीबाट कैलालीमा दुई जनाको मृत्यु जानुका साथै एक सय जना घाइते भएका थिए । कैलालीमा हावाहुरीमा परी ७६ र चट्यांग परेर ७७ तथा कञ्चनपुरमा हावाहुरीबाट २३ जना घाइते भएका थिए । घाइते मध्ये कञ्चनपुरका १५ र कैलालीका ६६ जना सामान्य उपचार गरुी घर पठाइएको थियो । कञ्चनपुरका आठ जनाको कैलालीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । सुरक्षा प्रमुखहरूका अनुसार १० जना गम्भिर अवस्थामा रहेको जनाइएको छ । १० मध्ये दुई जनालाइ भारत, दुई कोहलपुर, दुई जना पदमा, तीन जना सेती अञ्चल र एक जनाको निसर्ग अस्पतालमा उपचार गराई फर्केका छन् ।
यसैगरी, नेकपा कैलाली र नेपाली काँग्रेस संसदीय दलको कार्यालयले प्रेस विज्ञप्ति जारी गरेर हावाहुरीबाट पीडितको उपचार गर्न, राहत दिन र पुनर्निर्माण गर्न तिब्रगतिमा अगाडि बढाउन माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार