१० श्रावण २०८१, बिहीबार

प्रदेश सरकारले हावाहुरीबाट घाईतेको उपचार गर्ने



धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बिहिवार आएको बिनासकारी हावाहुरीबाट घाईते भएका सम्पुर्ण उपचार प्रदेश सरकारले गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले पत्रकार सम्मेलन गरी सम्पूर्णका क्षतिकाे विवरण संकलन गरी राहत घाेषणा गर्ने बताए । अहिले सुरक्षा निकायले क्षतिकाे विवरण संकलन गरिरहेकाे छ । विवरणका अाधारमा पीडितलाइ राहत उपलब्ध गराइने छ उनले भने ।

मन्त्री शाहले हावाहुरीका कारण विद्धुत, खानेपानी, टेलीफाेन लगायतका सेवा अवरूद्ध भएकाे बताए । राजमार्ग अवरूद्ध छैन । कैलालीकाे हुलाकी राजमार्गमा रूख ढलेकाले अावगमनमा समस्या भएकाे छ । सुरक्षा निकायलाइ तत्काल सडक अावगमन सुचारू गर्न निर्देशन  दिइसकेकाे छु उनले भने ।

मन्त्री शाहले विद्धुत, टेलिफाेन, खानेपानी लगायतका सेवा तत्काल सुचारू गर्न  निर्देशन दिइसकेकाे बताए । हावाहुरीका कारण विद्धुत सेवा अवराेध भएकाे र तीन दिनसम्म अाउन सक्ने सम्भावना देखिएकाे छैन मन्त्री शाहले भने धनगढीमा विद्धुत सेवा अाजनै सुचारू गर्ने गरी काम गर्न विद्धुत प्राधिकरणलाइ निर्देशन दिइसकेकाे बताए ।

प्रदेश सरकारले मृतक प्रति श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थय लाभको कामना समेत गरेको छ । बिपदको घडीमा प्रदेश सरकारले आ आफनो ठाउबाट सहयोग गर्न समेत सम्पुर्णमा अपिल गरेको छ ।

बिहिबार राती अाएकाे हावाहुरीबाट कैलालीमा दुइ जनाकाे मृत्यु भएकाे छ भने एक सय जना घाइते भएका छन् । कैलालीमा हावाहुरीमा परि ७६ र चट्यांगबाट एक गरि ७७ र कञ्चनपुरमा २३ जना घाइते भएका  थिए । घाइतेमध्ये कञ्चनपुरका १५  र कैलालीका ६६ जना सामान्य उपचार गरि घर पठाइएकाे छ । कञ्चनपुरका अाठ जनाकाे कैलालीकाे सेती अञ्चल अस्पतालमा उपचार भइरहेकाे छ । सुरक्षा प्रमुखहरूका अनुसार १० जना गम्भिर अवस्थामा रहेकाे जनाइएकाे छ ।  १० मध्ये दुइ जनालाइ भारत, दुइ काेहलपुर दुइ जना पदमा, तीन जना सेती अञ्चल र एक जनाकाे निसर्ग अस्पतालमा उपचार भइरहेकाे छ ।

यसैगरी, नेकपा कैलालीले प्रेस विज्ञप्ति जारी गरेर हावाहुरीबाट पीडितकाे उद्धार, उपचार गर्न, राहत दिन र पुनर्निर्माण गर्न माग गरेकाे छ ।

नेपाली काँग्रेस संसदीय दलकाे कार्यालयले पनि पीडितलाइ तत्काल राहत उपलब्ध गराउन माग गरेकाे छ ।

नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले घाईतेहरुको उपचार र क्षतिको बिवरण संकलन गरी क्षतिपुर्ती यथासिघ्र चाडो व्यबस्था गरी जनतालाई राहत दिन सरकार संग माग गरेको छ ।

शुक्रबार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता, डा. रणबहादुर रावलले बिज्ञप्ती प्रकाशित गरी जेठ २३ गते राती कैलाली कञ्चनपुर लगाएत बिभिन्न क्षेत्रमा आएको बिनाशकारी हावाहुरीले ठुलो धनजनको क्षति प्रति दुख समेत व्यक्त गरेको छ । बिज्ञप्तमा बिनासकारी हावाहुरीमा परेर ज्यान गुमाएकाहरु लहानु चौधरी, बिरबहादुर चौधरी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

भर्खरै बारा र पर्सामा घटना हामी समक्ष सर्बबितितै थियो । सोही घटनाबाट पाठ सिक्दै संघिय सरकार र प्रदेश सरकारले मौसम पुर्वअनुमान सम्बन्धीमा गम्भीर नहुनु र सरकार संग पुर्वअनुमान गर्ने सामर्थ नभएपनि छिमेकी राष्ट्रसंग सहयोग मार्फत मौसमको पुर्वअनुमानको प्रक्षेपण गर्न नसक्नु पनि प्रदेश सरकार असफल भएकोमा गम्भीर लापरबाही भएको काग्रेसले ठहर गरेको छ ।

‘प्रदेश सरकार तथा संघिय सरकारले घाईतेहरुको उपचार र क्षतिको बिवरण संकलन गरी क्षतिपुर्ती यथासिघ्र चाडो व्यबस्था गरी जनतालाई राहत दिनपर्छ’– नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश प्रतिपक्ष दलको बिज्ञप्तीमा भनिएको छ–‘दुखद घडीमा विपदमा परेकाहरुको उद्धार, उपचार तथा पुनस्र्थापनमा जुटौ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार