१२ श्रावण २०८१, शनिबार

खुद्रे पसल जस्तो नीति तथा कार्यक्रमः सांसद पन्त



धनगढी । सुदूरपश्चिम प्रदेश सभामा आइतबार प्रस्तुत भएको नीति तथा कार्यक्रममाथि शुरु भएको बहसका क्रममा समर्थन र विरोध गर्ने जुहारी चलेको छ ।

मंगलबार शुरु भएको नीति तथा काय{क्रममाथिको छलफलमा भाग लिदै सत्तापक्षका प्रदेश सभा सदस्यहरुले प्रदेशको भविश्य बनाउने गरेर नीति तथा कार्यक्रम आएको भन्दै प्रशंसा गरे । प्रतिपक्षी दलका प्रदेश सभा सदस्यले भने अल्छी मानेर झारा टार्ने खालको नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए ।
सत्तापक्ष नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश सभा सदस्य दीर्घ सोडारीले प्रदेश सरकारले सबै क्षेत्रलाई समेट्ने गरेर नीति तथा कार्यक्रम ल्याएको चर्चा गरे । उनले केन्द्र सरकारले अपेक्षा गरे अनुरुप सुदूरपश्चिम प्रदेशमा बजेट विनियोजन नगरेको गुनासो गरे । सातै प्रदेशको बजेट भन्दा बढी शिक्षा क्षेत्रमा मात्रै एक खर्ब ६३ अरव बजेट छुट्टाइएको छ उनले भने अरु प्रदेशमा एउटै योजना ८/१० अर्बका छन् तर सुदूरपश्चिमा एक अर्बको पनि कुनै योजना छैन । पश्चिम सेती, अपर कर्णाली, पञ्चेश्वर जस्ता राष्ट्रिय महत्वका आयोजनाको नाम पनि बजेटमा सुन्न पाइएन उनको गुनासो थियो ।
सत्तापक्षकै अर्का प्रदेश सभा सदस्य लीलाराज भट्टले नीति तथा काय{क्रम सकरात्मक परिणाम दिने खालको भएको चर्चा गर्दै हरेक जिल्लाका सदरमुकाममा एक/एक छात्राबास, दुर्घटना हुँदा एअरलिप्ट सेवा, शव बाहन, दुर्व्यसनी सुधार केन्द्र, गर्भवती महिलालाई बर्थिङ सेन्टर जान निशुल्क व्यवस्था गर्ने, पत्रकार अक्षय कोष, पत्रकार दुर्घटना विमा जस्ता कार्यक्रम बजेटमा समेटेर ल्याउनु पर्ने सुझाव दिए । अहिले सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ती आय ६५० डलर छ आगामी बर्ष कति पुगाउने प्रदेश सरकारले लक्ष्य बनाउन जरुरी छ उनले भने ।
प्रतिपक्षका प्रदेश सभा सदस्यहरुले भने सरकारको नीति तथा कार्यक्रम अघिल्लो बर्ष जस्तै आएको बताए । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य कर्ण मल्लले अहिले र पहिलेको नीति तथा कार्यक्रममा बुँदा मात्रै कम बढी रहेको बताए । उनले सांसदलाई बजेट दिनु भन्दा आवश्यक्ता अनुसारको बजेट विनियोजन गर्नुपर्ने सुझाव दिए ।
कांग्रेसका अर्का सांसद डिल्लीराज पन्तले खुद्रा पसल चलाउने जस्तो बजेट बनाउने गरेर नीति तथा कार्यक्रम आएको चर्चा गरे । सरकारले खुद्रे पसल चलाउन मिल्दैन उनले भने प्रदेशका गौरव आयोजना बनाउन जरुरी छ । नीति तथा काय{क्रम वितरणमुखी खालको छ अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना समेटिएको छैन उनले भने ।
मंगलबारको छलफलमा प्रदेश सभा सदस्यहरु महेशदत्त जोशी, वलदेव रेग्मी,  कुन्ती जोशी, गोविन्द वोहरा लगायतले भाग लिएका थिए।
मंगलबारकै बैठकले नीति तथा कार्यक्रम सहितको सम्वोधनका लागि प्रदेश प्रमुख मोहनराज मल्ललाई धन्यवाद ज्ञापन गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले प्रस्ताव गरेको धन्यवाद प्रस्ताव प्रदेश सभाले सर्वसम्मत ढंगले अनुमोदन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार