११ श्रावण २०८१, शुक्रबार

विद्युतीय रिक्साचालक आन्दोलनमा उत्रिए



धनगढी । धनगढीका विद्युतीय रिक्सा चालक मजदुरहरू आन्दोलनमा उत्रिएका छन् । सम्बन्धित निकायले विद्युतीय रिक्साको उचित व्यवस्थापन नगरेका कारण आफुुहरू समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

विद्युतीय रिक्सा चालक मजदुरहरूले आइतबार धनगढी उपमहानगरपालिकाको कार्यालयको गेटमा धर्ना दिएका थिए । उनीहरुले शुक्रबार सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय धर्ना दिएका थिए । अगाडी मन्त्रालयले गरेका निर्णय कार्यान्वयन हुनु पर्ने, अन्य स्थानमा दर्ता भएका विद्युतीय रिक्साहरूलाई धनगढीमा सञ्चालनमा रोक लगाइनु पर्ने लगायतका माग राख्दै रिक्सा चालकहरूले केही वेर प्रदर्शन समेत गरे ।
धनगढी उपमहानगरपालिकाभन्दा अन्य पालिकामा दर्ता भएका विद्युतीय रिक्साहरू धनगढीमा सञ्चालन भइरह“दा आफूहरू समस्या परेको धनगढी–७ देवरियाका रिक्सा मजदुर धर्मराज भट्टराईले बताए ।

धनगढी बजार क्षेत्रमा सञ्चालित विद्युतीय अटो रिक्सालाई पार्किङको व्यवस्था नरहेको अवस्थामा विद्युतीय रिक्साको छानबिन नै नगरी नयाँ रिक्सा दर्ता गरिन लागेको भन्दै मजदुरहरू आन्दोलित छन् ।
टिकापुर, अत्तरिया, महेन्द्रनगरमा दर्ता भएका विद्युतीय अटोहरू पनि धनगढीमै चलिरहेका कारण समस्या भइरहेको र यसको छानबिन हुनु पर्ने अटो चालक दमन बहादुर सिंहले बताए ।
पटक पटक धर्ना र ज्ञापन पत्र बुझाउ“दा पनि कुनै सुनुवाइ नहु“दा मजदुरहरू धराशायी हुन थालेको विद्युतीय रिक्सा चालक मजदुर संघ धनगढी अध्यक्ष मीनराज जोशीले बताए ।
विद्युतीय रिक्सा स्थानीय तहमा दर्ता गरिनु पर्ने, अन्य स्थानीय तहमा दर्ता भई धनगढीमा सञ्चालित विद्युतीय रिक्सामा रोक लगाइनु पर्ने, धनगढी बजार क्षेत्रमा आवश्यक रिक्साहरूको अध्ययन गरी मात्र दर्ता गरिनु पर्ने माग आफूहरूको रहेको उनले बताए ।

यातायात कार्यालयमा गरिएको दर्ता खारेज गरी स्थानीय तहमा नै दर्ता गरिनु पर्ने, वैज्ञानिक कर लागु हुनु पर्ने, पाकिंङको व्यवस्था गरिनु पर्ने माग विद्युतीय रिक्सा चालक मजदुरहरूको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार