१ जेष्ठ २०८१, मंगलवार

एअरलिप्ट गरेर बाजुराकी गर्भवतीलाई नेपालगञ्ज लगियो



धनगढी । बाजुराको कोल्टीबाट एक गर्भवती महिलालाई एअरलिप्ट गरेर शनिवार दिउँसो १२ नेपालगञ्ज लगिएको छ ।
वुढीनन्दा नगरपालिका वडा नम्वर –१ राउतबाडाकी २२ बर्षिय रमिला रोकायालाई सिम्रिक एअरको हेलिकोप्टरबाट नेपालगञ्ज गरिएको हो ।
सुत्केरी हुने अवस्थामा पुगेकी रमिलाको पेटमा रहेको वच्चाले दिसा खाएकोलाई अन्यत्र लैजादा मात्रै बच्चाको ज्यान जोगिने भएपछि एअरलिप्ट गराइएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश चौधरीले बताए । बच्चाको टाउको समेत ठूला देखिएकोले कोल्टीमा प्रसुती सेवा दिन गाह्रो भएको पनि डाक्टर चौधरीले बताए ।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको पहलमा कोल्टीबाट एअरलिप्ट गराइएको हो । मन्त्रीलाई गर्भवती महिला र वच्चाको ज्यान जोखिममा भन्ने खवर आउने वित्तिकै हेलिकोप्टर खोज्न थालेका हौ वल्ल १२ बजे मात्रै कोल्टीबाट उद्धार गर्न सम्भव भए मन्त्रीका स्वकिय सचिव लोकेन्द्र धामीले बताए ।
सामाजिक विकास मन्त्रालयले यसअघि पनि बझाङ र बाजुराबाट सुत्केरी महिलालाई एअरलिप्ट गरेर उपचारका लागि नेपालगञ्ज र कोहलपुर लगेको थियो । सो मन्त्रालयले दुर्गम हिमाली र पहाडी जिल्लाका सर्वसाधारणलाई स्वास्थ्य सम्वन्धी गम्भीर समस्या परे एअरलिप्ट गर्ने नीति लिएको छ । सबैभन्दा पहिले २०७५ असारमा बझाङको थलारा गाउँपालिकाबाट एअरलिप्ट गरेर २५ बर्षिया धुमा सार्कीलाई नेपालगञ्ज लगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार