१७ पुष २०८१, बुधबार

धनगढीमा महिला गोल्ड कप फुटबल हुने



धनगढी । नेपालमापहिलो पटक महिलागोल्डकप फुटवल प्रतियोगिता धनगढीमा हुने भएको छ ।

शैलेश्वरी स्पोर्ट क्वल धनगढीले आगामी मंसिर ५ देखि १४ गतेसम्म धनगढीस्थित रंगशालामा प्रथम अपी सैपाल गोल्डकप आयोजना गर्ने भएको हो । सोमवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार सो प्रतियोगितामा सात प्रदेशका सात र तीन वटा विभागिय टीमको सहभागिता हुनेछ ।
क्वलका अध्यक्ष घनश्याम भट्टका अनुसार प्रतियोगिताको विजेता टीमलाई पाँचलाख एक हजार, उपविजेतालाई दुई लाख ५१ हजार पुरस्कार प्रदानगरिने छ । यस्तै हरेक विधाकाउत्कृष्टहरुलाई १०/१० हजार र प्रत्येक खेलकाम्यानअफ द म्याचलाई ५/५ हजार पुरस्कार दिइने छ ।

अध्यक्ष भट्टले प्रतियोगिता सञ्चालन गर्नका लागि प्रदेश सरकार, सुदूरपश्चिम प्रदेशका ८८ वटै तह र व्यवसायिक घरनासंग आर्थिक सहयोग माग्ने वताए । सो अवसरमा प्रदेश सभा सदस्यहरु डिल्लीराज पन्त, अमर साउद, पूर्णा जोशी र गौरीगंगा नगरपालिकाका प्रमुख भीम देउवाको पनि उपस्थिति रहेको थियो ।
खेलकूदको विकास नै सुखी नेपाली समृद्ध नेपालनिर्माणको प्रमुखआधार भन्ने उद्धघोसका साथ आयोजना गरिने सो प्रतियोगितामा सहभागीहुने सक्षम खेलाडी उत्पादन गर्नका लागि चार महिना विशेष प्रशिक्षण आयोजना गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार