१० श्रावण २०८१, बिहीबार

आगलागी हुँदा ७ घर जलेर डेढ करोडको क्षति



अछाम । ढकारी गाउपालिका–४ बलाँतामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन् । गहुँको भुसमा लगाएको आगो हावाले उडाएर शुक्रबार साँझ घरमा सल्किएर ७ वटा घरहरु जलेको अछाम प्रहरीले जनाएको छ ।

ढकारी ४ का वडा अध्यक्ष भक्त बहादुर बुढा सहित, ईन्द्र बुढा, मीन बहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढाको घर जलेर पूर्ण रुपमा नष्ट भएको हाे । घरहरुमा आगलागी भएपछि स्थानीयको पशुचौपाया मर्नुका साथै खाद्यान्न, लत्ताकपडा लगायत नगद तथा जिन्सी क्षती भएको बताइएको छ ।

आगलागीबाट स्थानीयका ६० बाख्रा, एक गोरु जलेर मरेका छन भने मानविय क्षती भने नभएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीका अनुसार आगलागीबाट एक करोड ७१ लाख ८१ हजार बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय अछाम, ईलाका प्रहरी कार्यालय कमलबजार र ढकारी प्रहरी चौकीबाट गरि १९ जना प्रहरी र स्थानीयको सहयोगमा राती ११ बजे आगो नियन्त्रणमा लिईएको थियो । अछाममा चट्याँङ लागेर ७ जना घाईते अछाममा चट्याँङ लागेर ७ जना घाईते भएका छन् ।

रामारोशन गाउँपालिका ४ बाटुलासैनमा शुक्रबार साँझ परेको चट्याङ लागेर ५ जना घाईते भएका हुन भने पञ्चदेवल बिनायक नगरपालिका ९ मा परेको चट्याँङमा २ जना घाईते भएका हुन् । बाटुलासैनको हुडेतोला टोलमा साँझ ६ बजेतिर परेको चट्याङले स्थानीय ४० वर्षिय मनसरा बिक, ८ वर्षिय टेक बिक गम्भिर घाईते भएका र अहिले बयालपाटा अस्पतालमा उपचार भैरहेको छ ।

अन्यको अवस्था सामान्य रहेको वडा सदस्य नन्दराज उपाध्यायले जानकारी दिनुभयो । यस्तै पञ्चदेवल बिनायक ९ की ३२ वर्षिय रिथु दमाई र ५ वर्षिया धिरेन्द्र दमाई घाईते भएको अछाम प्रहरीले जनाएको छ । कम्मर मुनी जलेर घाईते भएकी रिथुको उपचारका लागि जिल्ला अस्पताल अछाममा ल्याईएको छ भने धिरेन्द्रको आँखा र खुट्टामा सामान्य चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार