६ पुष २०८१, शनिबार

आधारभूत सहकारी व्यवस्थापन तालिम



धनगढी । धनगढी उपमहानगरपालिकाको आयोजनामा आधारभूत सहकारी व्यवस्थापनसम्बन्धी तालिम मंगलबार समापन भएको छ । तालिम पा“च दिनदेखि सञ्चालन भएको थियो ।

तालिम समापनका अवसरमा महानगरका उपप्रमुख सुशीला मिश्र भट्टले लोकतान्त्रिक पद्धतीको अभ्यास नभएका सहकारी संस्थाहरू नै बढी विवादमा आउने गरेको बताईन । उनले भनिन्– सहकारी भनेको सहभागितामुलक ढंगले संचालन गरिने संस्था हो । त्यसमा सहभागितामुलक पद्धती भएन भने कमजोर हुन्छ ।
कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले सहकारी संस्थाहरूको संचालन र ब्यबस्थापनका लागि ऐन ल्याउने काम भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार