६ पुष २०८१, शनिबार

कृषि अनुदान किसानसम्म नपुगेको गुनासो



धनगढी । सरकारले प्रदान गर्ने कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नसकेको सरोकारवालाहरूले गुनासो दोहोर्याएका छन् । सोमबार धनगढीमा आयोजित एक कार्यक्रममा सहभागीहरूले कृषि क्षेत्रका सरकारी अनुदानहरूमा अझैं वास्तविक कृषकको पहुँच कमजोर रहेको औद्ययाए ।

सिर्जनशिल समाजको सिर्जनाद्वारा सञ्चालित अनुकुलन एक्स परियोजनाको सोमबार समापन कार्यक्रममा सहभागीहरूले भने– काम गरिखाने किसानसम्म सरकारी अनुदान पुग्ने अझैं पनि उचित वातावरण बन्न सकेको छैन ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले भने– अहिले पनि कृषकका नामका आउने सरकारी अनुदानमा सिमित ब्यक्तिहरूको मात्रै पहु“च रहेको अवस्था छ । उनले विगतदेखि नै सरकारी अनुदान तथा सहयोगमा सिमित समुह वा व्यक्तिको मात्रै हालीमुहाली हुने गरेको बताए ।
नगर प्रमुख वडले किसानका नाममा आउने सरकारी सहयोग अनुदान सजिलै किसानसम्म पु¥याउन अहिलेको जटिल प्रक्रियालाई सहज बनाउनु पर्ने बताए । उनले धनगढी उपमहानगरपालिकाले अनुदान वितरण गर्न पद्धतीको विकास गरिरहेको बताए ।
कार्यक्रममा गोदावरी नगरपालिका प्रमुख हरिसिंह साउ“दले वास्तविक किसानले नै सरकारी कृषी अनुदान पाउने ठोस वातावरण बनाउन आवश्यक भइसकेको बताए । नगर प्रमुख साउदले राजनीतिक पहु“चका आधारमा अनुदान प्राप्त गर्ने प्रवृत्ति अन्त्यका लागि सबै सजग हुन आग्रह गरे ।
सो अवसरमा गौरीगंगा नगरपालिका, राजीपुरका कृषक निर्मला जोशीले किसानका नाममा वितरण गरिने ठूलो अनुदानको दुरुपयोग हुने गरेको आरोप लगाईन । उनले भनिन्– ठूलो रकम अनुदान प्राप्त गरेकाहरूले कुन ठाउ“मा के काम गरेका छन् भन्ने मूल्यांकन आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार