१२ श्रावण २०८१, शनिबार

कृषि र उद्योगमा बजेट बृद्धि गर्नसांसद्हरूको माग



धनगढी । सुदूरपश्चिम प्रदेशका सांसद्हरूले प्रदेशको बजेट कृषि र उद्योगमा केन्द्रित गर्न माग गरेका छन् ।


प्रदेश सभाको सोमबार शुरु भएको पूर्व बजेट छलफलमा भाग लिंदै सांसद्हरूले प्रदेश सरकारसंग कृषि र उद्योगलाई बजेटको उच्च प्राथमिकतामा राख्न माग गरे ।
बैठकमा भाग लिदै प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका सांसद कर्णबहादुर मल्लले चालू आर्थिक बर्षको विकास खर्च निराशाजनक रहेको अवस्थामा नया“ आर्थिक बर्षको बजेटमाथि पूर्व बजेट छलफलको अर्थ नहुने बताए । सांसद मल्लले पूर्व बजेट छलफलका लागि तयार पारिएको पत्रमा काम गर्ने तदारुकता भन्दा सरकार शब्द चयनमा बढि ध्यान केन्द्रित भएकोमा ब्यंग्य गरे ।
प्रदेश सभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचेतक अक्कलबहादुर रावलले आगामी आउँदो वर्षको बजेटमा सरकारले कृषि र उद्योगलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
नेकपाकै सासंद वीरमान चौधरीले सरकारले कृषिलाई ब्यावसायिक बनाउन बजेट केन्द्रित गर्नुपर्ने बताए । कृषिलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्ने नीति र जमिनलाई खण्डित हुन दिने नीति परस्पर विरोधी भएकोे बताउँदै उनले कृषिलाई आधुनिकिकरण गर्न जमिनको खण्डीकरण रोक्न प्रदेश सरकारसंग माग गरे ।
सरकारले एक दुई बोट फलफूल, केही क्वीन्टल बीउ वितरण गरेर गुजारामुखी कृषिलाई प्रवद्र्धन गरेको भन्दै नेकपाकै सासंद पूर्णा जोशीले व्यवसायिक कृषिका लागि नीति बनाउन सरकारलाई आग्रह गरिन् । “दुई चार बोट फलफूल बाँडेर कृषि व्यवसायिक हुन सक्दैन’ उनले भनिन्– आगामी आर्थिक बर्षको बजेटमा किसानहरूलाई कृषिमा आत्मनिर्भर गराउने खालको बजेट व्यवस्था गर्नुपर्छ ।
राष्ट्रिय जनता पार्टीका (राजपा) का सासंद कृष्णबहादुर चौधरीले सरकारले आउँदो आर्थिक वर्षको बजेटमा आर्थिक सम्बृद्धिका लागि कृषिलाई नै प्राथमिकतामा राख्नुपर्ने बताए । उनले साना किसानहरूको सिंचाईको समस्या समाधान गर्न सरकारले बिशेष जोड दिनुपर्ने माग गरे ।
प्रदेश सभाको चौथो अधिवेशनको जेठ २ गते बसेको दोस्रो बैठकमा सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले आर्थिक वर्ष २०७६÷०७७ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका थिए । उनले सोमबारको बैठकमा सोमाथि प्रदेश सभामा छलफल प्रारम्भ गरियोस् भनि प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार