३ जेष्ठ २०८१, बिहीबार

‘प्रदेश सरकारले मुख सम्बन्धी रोग नियन्त्रण गर्न सकेन’



धनगढी  । प्रदेश सरकारले मुखसम्बन्धी रोग नियन्त्रणमा ध्यान दिन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।


‘प्रदेश सरकारले सर्ने तथा नसर्ने रोग नियन्त्रणका लागि विशेष कार्यक्रम अघि बढाएको छ’ शनिबार धनगढीमा नेपाल डेण्टल साईन्स हाइजेनिष्ट एसोसियसनले आयेजना गरेको एक दिने अभिमुखीकरण तथा तालिम कार्यक्रममा बोल्दै एशोसियनसनका केन्द्रीय अध्यक्ष माइकल देवकोटाले भने –‘मुख सम्बन्धीका रोग नियन्त्रणका लागि विशेष कार्यक्रम ल्याउनमा प्रदेश सरकारले ध्यान दिन सकेको छैन् ।’
उनले प्रदेश सरकारले प्रदेशमा दन्तसम्बन्धी विशेषज्ञ डाक्टरको व्यवस्था, मुखसम्बन्धी हुने रोगको नियन्त्रण, दन्त भर्ने तथा निकाल्ने, दन्त माझ्ने बानीको विकास गर्न सचेतनाका कार्यक्रम निर्माण गर्नुपर्ने सुझाव दिए ।
प्रदेशमा अहिले दन्तसम्बन्धी उपचार गर्ने विशेषज्ञ डाक्टरहरु दुई÷चार जनामात्र रहेको उनले दाबी गरे । उनका अनुसार देशभरी दन्तसम्बन्धी उपचार गर्ने दुई हजार सात सय १८ चिकित्सक रहेकोमा दुई सय ७० मात्र विशेषज्ञ डाक्टर रहेका छन् । उनले विद्यालयमा सामुदायिक दन्त सेवा कार्यक्रम सञ्चालन गरिनुपर्ने सुझाव दिए ।
सिएमए संघका संस्थापक प्रदेश अध्यक्ष गणेश साउ“दले प्रदेश सरकारले स्वास्थ्य नीति निर्माण गर्दा सरोकारवालाहरु सबैलाई समेटेर वृहत छलफल गरेरमात्र जारी गर्नुपर्ने सुझाव दिए । उनले प्रदेशको स्वास्थ्यमा देखिएका समस्याहरुको समाधान हुने गरि स्वास्थ्य नीति निर्माण गरिनुपर्ने माग गरे ।
कार्यक्रममा प्रमुख अतिथीका रुपमा रहेका सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रदेश स्वास्थ्यमात्र मात्र नभई सबै क्षेत्रमा पछाडी रहेको बताए । ‘अहिले प्रदेश सरकार नीति तथा कार्यक्रम, योजना निर्माणमा जुटेको छ’ मन्त्री सुवेदीले भने –‘तपाईहरुले मुख सम्बन्धी वृहत कार्यक्रम बनाएर पेश गर्नुहोस । मन्त्रालय तपाइको सुझावलाई कार्यक्रममा समेट्न तयार छ ।’
उनले संघीय सरकारले ऐन कानुन निर्माण नगर्दा प्रदेश मन्त्रालयले पनि आवश्यक ऐन कानुन निर्माण गर्न नसकेको गुनासो गरे ।
मन्त्री सुवेदीले प्रदेशमा चिकित्सक आउन नमान्ने गरेको गुनासो गर्दै भने –‘यो प्रदेशमा विशेषज्ञ डाक्टर आउननै मान्दैनन् । आएपनि उनीहरु नीजि क्लिनिकमा बढी समय दिन्छन् ।’
एशोसियनसनका प्रदेश अध्यक्ष दिपेन्द्र विष्टको अध्यक्षतामा कार्यक्रम भएको थियो । प्रदेश सचिव दिपेन्द्र शाहीले स्वागत गरेको कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य डोल थापाले गरेका थिए भने कार्यक्रमको उद्देश्यबारे एशोसियसनका डेन्टल प्रवक्ता केशव शाहीले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार