११ श्रावण २०८१, शुक्रबार

भारताल साझेदारी वनकाे व्यवस्थापन समुह गठन



धनगढी । भारताल साझेदारी वन व्यवस्थापन समुहको व्यवस्थापन समुह गठन गरिएको छ । विहिबार धनगढी उपमहानगरपालिका वडा नम्बर १४ स्याउले बजारमा भव्य कार्यक्रमको आयोजना गरि यादव भण्डारीको संयोजकत्वमा १३ सदस्यीय समुह गठन गरिएको हो ।

भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधी सभा सदस्य नारदमुनि राना प्रमुख अतिथी रहेका थिए । सो अवसरमा बोल्दै सांसद रानाले समितिले योजना सञ्चालन गर्दा सबैको विश्वास जितेर अघि बढाउनुपर्ने बताए ।
उनले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम राम्रो भएपनि नेतृत्वकर्ता तथा समुह चलाखो नहु“दा नराम्रो सन्देश गइरहेको बताए । उनले भने साझेदारी वनमा आशा, अपेक्षा र शंका जन्मिएको छ । त्यसलाई चिर्नुपर्छ ।’
उनले वन काट्ने भन्ने मात्र सन्देश भन्दा पनि संरक्षण पनि गरिन्छ भन्ने सन्देश आम उपभोक्ता सामु पुर्याउनुपर्ने बताए ।
संयोजक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य नेपालु चौधरी, कैलाली डिभिजन वन कार्यालयका डिभिजन प्रमुख रामचन्द्र क“डेल, जिल्ला समन्वय समिति सदस्य देवी भण्डारी, धनगढी उपमहानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष फूलराम चौधरी, १४ का वडा अध्यक्ष रामबजारी चौधरी, १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार