१० श्रावण २०८१, बिहीबार

मंगलसेन नगरपालिकाको गाडीमा आगजनी



डडेल्धुरा । अछामको मंगलसेन नगरपालिकाको गाडीमा अज्ञात समुहले आगजनी गरेको छ । नगरपालिकाको बा२झ ३६९४ नम्बरको जिपमा मंगलबार राती आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख एवं प्रहरी नायब उपरीक्षक जनक बहादुर शाहीले बताए ।
नगरपालिका भित्र नै राखिएको प्रमुख चढ्ने जिप करिब १ बर्ष अगाडी १ करोड २० लाखमा खरिद गरिएको थियो । जिल्ला प्रहरीका अनुसार आगजनी गर्नेहरुको खोजिकार्य जारी रहेको र गाडी जलेर पुर्ण रुपमा नष्ट भैइसकेको छ ।
मंगलसेन बजारका स्थानीयले गाडिमा आगजनि भएको जानकारी प्रहरीलाई गराएपछि आफु स्वंयमा स्थलमा पुगेपछि गाडिमा लागेको आगो नियन्त्रणमा लिएको बताए ।
रातिको समयमा आगजनी गरिएकाले अहिलेसम्म पत्ता नलागेको समेत डिएसपि शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार