१० श्रावण २०८१, बिहीबार

मिलोमतो छैन: सामाजिक विकास मन्त्री सुवेदी



सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले अक्सिजन प्लान्ट खरिद, अस्पताल उपकरण खरिद, निःशुल्क औषधी खरिद र आईएमएनसिआई औषधी खरिदमा कसैसंग मिलोमतो नरहेको जनाएको छ ।


मन्त्रालयले सोमबार पत्रकार सम्मलेन आयोजना गरी मन्त्री र कर्मचारीले सो खरिदहरुबाट तीन करोड खान मिलोमतो गरेको भन्ने समाचार कपोकल्पित र भ्रामक रहेको जनाएको हो । मन्त्रालयले टेण्डर अव्हानका विषयमा केही सञ्चार माध्यममा आएका समाचार तथ्यहीन भएको भन्दै सत्य तथ्य खवर सम्पेषण गरिदिन आग्रह गरेको छ ।
निशुल्क वितरण गर्ने औषधी, अस्पतालका लागि मेडिकल उपकरणको बोलपत्र आव्हान गर्दा सरोकारवाला र प्राविधिक पक्ष समेटेर समिति बनाइएको र इविडिंगका माध्यमबाट आव्हान गरिएका बोलपत्र खरिद ऐन बमोजिक कानुनी कागजाति नपुगेको र प्रविधिक मापदण्ड नमिल्दा फेल भएपछि पुनः टेण्डर आव्हान गरिएको सन्दर्भमा मन्त्रीले यति पैसा खायो भन्दै चरित्र हत्य गर्ने मनसायवाट आएका समाचारप्रति आफ्नो आपत्ति रहेको मन्त्री कृष्णराज सुवेदीले बताए ।
औषधि र उपकरण खरीदका लागि कुल ८ करोड ५२ लाख ५५ हजार बजेट रहेको बताइएको छ । मन्त्रालयले कानूनअनुसार काम गरिरहेका बेला अनियमितताको प्रसंगले आफू सशंकित बनेको मन्त्री सुवेदीले बताए । उनले पद दुरुपयोग गरेको कहिं कत्तै भेटिए तथ्यसहितको प्रमाण ल्याउन पनि चुनौति दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार