१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिमको बजेट अधिवेशन जेठ १ गतेबाट



धनगढी । सुदूरपश्चिम प्रदेशको चौथो तथा बजेट अधिवेशन जेठ १ गते शुरु हुने भएको छ ।

प्रदेशको मन्त्रीपरिषद्को बिहिबार बसेको बैठकले प्रदेश सभाको अधिवेशन जेठ १ गते ३ बजेदेखि बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष २०७६/७७ को बजेट तथा कार्यक्रम निर्माण कार्य प्रदेश सरकारले शुरु गरेको छ ।
यसैगरी, मन्त्री परिषद्ले प्रदेशको उद्योग, वाणिज्य, आपूर्ति र विज्ञान तथा प्रविधि कार्य सञ्चालन निर्देशिका २०७५ पनि स्वीकृत गरेको छ । यसले गर्दा खाद्य तथा नुन दिपो सञ्चालन र सुपथ मुल्य सञ्चालन गर्ने बाटो खुलेको मुख्यमन्त्रीका स्वकीय सचिव शिवसिंह ओलीले बताए ।
प्रदेश सरकारले नौ वटै जिल्लामा खाद्य तथा नुन दिपो सञ्चालन गर्नका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तरगत ३ करोड रुपैयाँ विनियोजन गरेको छ । सो सम्बन्धी ऐन प्रदेश सभाबाट पास भएपनि आर्थिक वर्ष वित्न दुई महिना मात्रै बाँकी रहेका समेत सो दिपोहरु सञ्चालनको प्रक्रिया शुरु भएको छैन ।
त्यसैगरी सोही मन्त्रालय अन्तरगत प्रदेशका ८८ वटै स्थानीय तहमा सुपथ मुल्य पसल सञ्चालनका लागि १७ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ तर कार्यक्रम सञ्चालन निर्देशिका नहुँदा सुपथ मुल्य सञ्चालनको काम समेत अगाडि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार