१० श्रावण २०८१, बिहीबार

औषधी विभागद्वारा दुई औषधी पसलमा शिलबन्दी, तीन पसल बन्द



धनगढी । औषधी व्यवस्था विभागले सुदूरपश्चिम प्रदेशका तीन जिल्लाका औषधी पसलहरूमा अनुगमन गरेको छ । विभागले गत १७ देखि २३ गतेसम्म सुदूरपश्चिम प्रदेशका बाजुरा, अछाम र कैलाली जिल्लामा अनुमगन गरिएको जनाइएको छ ।

औषधी व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी निरीक्षकहरू विजय कार्की, पुष्प राना क्षेत्री र यादव ढकालको नेतृत्वमा कैलाली जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसंगको समन्वयमा तीन जिल्लाका २५ वटा औषधी पसल तथा फार्मेसीमा अनुगमन गरिएको जनाइएको छ ।
अनुगमनका क्रममा दुई वटा औषधी पसलमा शिलबन्दी गरिएको छ भने तीन वटा औषधी पसललाई जिल्ला प्रशासन कार्यालयको रोहबरमा बन्द गरिएको जनाइएको छ ।
अनुगमन टोलीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ स्थित अनमोल आयुर्वेदिक उद्योग (न्यु रोज मार्केटिङ सप्लायर्स) र अछाम जिल्लाको बान्नीगढी जयगड गाउ“पालिका वडा नम्बर ३ स्थित ईभानजालिना मेडिकल (बान्नीगढी हेल्थ केयर) सिलबन्दी गरिएका छन् ।
त्यस्तै, जिल्ला प्रशासन कार्यालयको रोहवरमा बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ८ स्थित सुन्दर बडिमालिका फार्मेसी र जडंगाका बलबहादुर बडवाल क्लिनिक र बाम्का बजारको कालिका क्लिनिक बन्द गरिएका छन् ।
अनुगमन टोलीले अछामको सा“फेबगर नगरपालिका वडा नम्बर १३ स्थित वावली मेडिकलले दर्ता नभएको औषधी भण्डार गरेको पाइएकोले कारबाहीको लागि विभागीय पत्र काटेको जनाएको छ ।
अनुगमन टोलीले अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकामा सञ्चालनमा रहेको एसआर फर्मास्युटिकल्स ड्रिस्टिब्युटर्स र सगरमाथा मेडिसिन ड्रिस्टिब्युटर्सद्वारा सुदूरपश्चिमका विभिन्न जिल्लामा दर्ता नभएका औषधी पसल तथा क्लिनिकबाट अवैध ढंगले औषधी विक्रि वितरण गरेको पाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार