१० श्रावण २०८१, बिहीबार

अञ्चल अस्पतालमा पानीको व्यवस्थापन हुनसकेन



धनगढी । धनगढीस्थित सेती अञ्चल अस्पतालमा पानीको व्यवस्थापन हुन सकेको छैन । तीन दिनदेखि अस्पतालमा पानीको व्यवस्थापन हुन नसक्दा विरामी समस्यामा परेका छन् । अस्पताल परिसरमा रहेको धारामा पानी आउन छोडेपछि दुर्गन्ध समेत फैलिएको छ । पानीको अभावमा शौच गर्न समेत समस्या भएको विरामी तथा कुरुवाहरूले बताएका छन् । गर्मी मौसम सुरु भएसंगै विरामीको चाप बढेका बेला नै पानीको अभाव भएपछि शौचालयमा भएको फोहोरले अस्पताल भरी नै दुर्गन्ध फैलिएपछि समस्या भएको हो ।
अस्पतालको फार्मेसी नजिकै गाडिएको डिप बोरिङबाट पानी कम आउन थालेपछि पानी भर्न लाईनमा बस्नुपर्ने बाध्यता रहेको छ ।
सेती अञ्चल अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बोरिङको पानी सुकेपछि समस्या आएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार