१० श्रावण २०८१, बिहीबार

वेवारिस महिलाको उद्दार



धनगढी । डोटीमा सडकपेटीमा वेवारिसे अवस्थामा फेला परेकी एक जना मनोरोगी महिलालाई मानवसेवा आश्रमले संरक्षण दिएको छ । मानवसेवा आश्रम सुदूरपश्चिम प्रदेश शाखा कैलालीका अनुसार डोटी प्रहरीले बैशाख ११ गते गस्तीका क्रममा दिपायल सिलगडी नगरपालिका वडा नम्बर ४, कुलपातेमा ती महिलालाई वेवारिसे अवस्थामा फेला पारेको थियो ।
आफनो नाम छायाँ सिंह बताउने मनोरोगी महिलाको परिवार र आफन्तबारे हालसम्म कुनै जानकारी प्राप्त हुनसकेको छैन । प्रहरीले उद्दार गरेर ती महिलालाई अल्पकालिन सेफ हाउसमा पठाएको थियो ।
४४ वर्षीया छाया सिंह बोगटीलाई उनको घरबारे सोध्दा फरकफरक जवाफ दिने गरेकी छिन् । उनी आफूलाई श्रीमानले छाडेको र घर परिवार तथा आफन्त कोही पनि नभएको बताउछिन् । स्थानीयका अनुसार छाया एक महिनादेखि डोटीमा भौतारिरहेकी थिइन् ।
मानव सेवा आश्रमकी सुदूरपश्चिम प्रदेश संयोजक सिर्जना ओलीका अनुसार अहिले आश्रममा छाया सहित १९ जनालाई आश्रय दिइसकेको छ ।
आश्रमका नेपालका छ वटा प्रदेशमा १४ वटा शाखामा करिब आठ सय जना वेसहाराहरुले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार