१० श्रावण २०८१, बिहीबार

ट्रकको ठक्करबाट एकको मृत्यु



धनगढी । कैलालीको लम्कीमा ट्रकको ठक्कर बाट १९ बर्षीया सुनिता रावलको मृत्यु भएको छ । रावलको मृत्यु पश्चात विद्यार्थी र स्थानीयले यतायता तथा बजार बन्द गराएका छन ।
लम्की बहुमुखी क्याम्पस बाट साईकलमा घर फर्केने क्रममा पछाडि बाट आई रहेको ना ७ ख ९२३३ नम्बरको ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमानै मृत्यु भएको हो ।आक्रोसित विद्यार्थी र स्थानीयले ठक्कर दिने ट्रकलाई जलाउने प्रयास का साथै सडकमा टाएर जलाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले अश्रुग्यास हवाई फायर समेत गरेको छ ।
सोहि क्रममा रवरको गोलि लाग्दा लम्की बहुमुखि क्याम्पसका प्राध्यापक प्रेम मुडभरीको टाउकोमा चोट लागेको छ । स्थानीयको ढुङ्गा प्रहार बाट ७ जना प्रहरी घाईते भएका छन ।घाइतेको लम्कीमा रहेको लालरत्न अस्पतालमा उपचार भैरहेको छ । मृतकका आफन्त र लम्कीबहुमुखी क्याम्सका विद्यार्थीले सडकमा टाएर जलायर पुर्वपश्चिम राजमार्ग अबरुद्ध पारेका छन । चालक भने परार रहेका छन । सडक सुचारुका लागि सर्बदलीय बैठब बसीरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार