२५ मंसिर २०८१, मंगलवार

प्रदेशको विकास कार्य ३० प्रतिशत मात्रै सम्पन्न (भिडियोसहित)



धनगढी । चालु आर्थिक बर्ष सकिन साढे दुई महिना बाकी रहदा कैलालीमा रहेका विकास निर्माण सम्वन्धी काम गर्ने प्रदेश सरकारका कार्यालयहरुले ३० प्रतिशत मात्रै काम पुरा गरेका छन् ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय कैलालीका प्रमुख इन्जिनियर मोहन कुँवर चालु आर्थिक बर्षको हिसावले करिब २९ प्रतिशत र चौमासिक हिसावले ५९ प्रतिशत काम सकेको बताए ।

कैलाली र कञ्चनपुर जिल्लाको हेर्ने जिम्मा पाएको सो कार्यालयमा दुई सय ११ वटा योजनाका लागि ४३ करोड ७२ लाख रुपैया विनियोजन भएकोमा १२ करोड ५० लाख रुपैयाँ (अर्थात् २८.५९ प्रतिशत) खर्च भएको छ ।
कैलाली जिल्ला हेर्ने जिम्मेवारी रहेको जलस्रोत सिंचाइ डिभिजन कार्यालयले पनि ३० प्रतिशत मात्रै काम सम्पन्न गरेको छ । सो कार्यालयका प्रमुख इन्जिनियर अमर पालका अनुसार सिचाइका ४८ योजनामा ११ करोड ४१ लाख रुपैयाँ र तटवन्धका २५ योजनामा १४ करोड गरेर २६ करोड बजेट रहेकोमा अहिलेसम्म सात करोड रुपैयाँ अर्थात् ४९.०९ प्रतिशत रकम खर्च भएको छ । सिंचाइ डिभिजन कार्यालयले हालसम्म ९० प्रतिशत योजनाक ठेक्का सम्झौता गरिसकेको जनाएको छ ।

यस्तै गरेर भौतिक पूर्वाधार विकास कार्यालयले विनियोजित ७७ करोड बजेटमा छ करोड ४४ लाख अर्थात ८.३६ प्रतिशत रकम खर्च गरेको छ । सो कार्यालयले सडक, पुल र प्रदेशको स्थानीय पूर्वाधार विकासमा काम गर्ने गरेको कार्यालयका प्रमुख तथा इन्जिनियर श्यामबहादुर खड्काका बताए।

विनियोजित रकम कम खर्च हुनुमा खर्चको अख्तियारी ढिलो आउनु पनि मुख्य कारण रहेको ती कार्यालयहरुले जनाएका छन । भौतिक पूर्वाधार विकास कार्यालयकी लेखापाल गोदावरी ठगुन्ना आफूले पुसमा मात्रै अख्तियारी प्राप्त गरेको बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार