११ श्रावण २०८१, शुक्रबार

लोकमार्गमा आउँदो वर्ष बजेट पर्छः पूर्व अर्थमन्त्री पाण्डे



धनगढी । पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले सुदूरपश्चिमका दुई ठूला लोक मार्गमा आगामी आर्थिक वर्षमा बजेट पर्ने बताएका छन् ।


प्रतिनिधि सभाको अर्थ समितिले सोमबार धनगढीमा आयोजना गरेको पूर्ब बजेट छलफल कार्यक्रममा सहभागी हुन पुगेका पूर्व अर्थमन्त्री पाण्डेले धनगढी–दिपायल द्रुत मार्ग र बर्दगोरिया लोकमार्गमा आउँदो वर्ष बजेट हालेर कार्यान्वयन गरिने बताएका हुन् । पत्रकारहरुसंग कुरा गर्दै उनले संघको मातहत रहेका बर्दगोरिया लोकमार्ग र धनगढी–दिपायल द्रुत मार्गमा बजेट हाल्नका लागि पहल भइरहेको बताए ।
सो प्रदेशको मातहत रहने वा संघमै राख्ने विषयमा निर्णय हुन नसक्दा सो सडकहरुमा यस आर्थिक वर्षमा बजेट परेको छैन । पूर्व अर्थमन्त्री पाण्डेले सो लोकमार्गहरुमा बजेट पार्नको लागि सम्बन्धित क्षेत्रमा सांसद् र स्थानीयहरुले समेत पहल गर्नुपर्ने बताए ।
संघले प्रदेश र स्थानीय सरकारलाई बजेटको आधा हिस्सा दिएको भएपनि लोकप्रिय नारा नभएकाले मात्रै चालुआर्थिक वर्षको कार्यक्रम चर्चित बन्न नसकेको बताए । अघिल्ला वर्षहरुमा १५÷२० रकम दिएपनि नारा लोकप्रिय भएकाले अर्थमन्त्रीहरुले चर्चा पाएको बताए । उनले चालु आर्थिक पर्षमा करोडौं बजेट परेको बताए ।
उनले भएको पैसा पनि खर्च हुन नसक्दा समस्या भएको बताए । पुँजिगत खर्च १० प्रतिशत मात्रै भएको बताए । उनले साना टुक्रे योजनाहरुको बजेट मात्रै खर्च भइरहेको र रणनैतिक योजनाहरु खर्च हुन नसकेकोले परिणाम शुन्य भएको बताए । ठूला योजनामा बजेट खर्च नहुने टेन्डेन्सी परिवर्तन गर्न आवश्यक रहेको बताए ।
कर्मचारीहरु वारम्बार सरुवा हुने र विदा बस्ने र निमित्तले काम नगर्ने प्रवृत्ति हटाई कर्मचारीको स्थायी व्यवस्था मिलाउन आवश्यक रहेको बताए । उनले खर्च गर्ने क्षमता विकासका लागि अध्ययन गरेर मात्रै परियोजनामा बजेट विनियोजन गर्ने विधि बसाल्न आवश्यक रहेको बताए । उनले बजेट खर्च हुनुमा आर्थिक भन्दा बढि गैरआर्थिक अवरोध बढि रहेकाले त्यसलाई पनि समाधान गरेर बजेट ल्याउन आवश्यक रहेको बताए ।
उनले बजेट वितरण मात्रै नभएर उत्पादनतिर बढि जोड दिन आवश्यक रहेको बताए । उनले बजेट उत्पादन नभएसम्म वितरण गरेर मात्रै नधानिने भएकाले उत्पादन मुखी बजेट र कार्यक्रम ल्याउन छलफल थालेको बताए । उनले ग्याँसको सट्टा विद्युत उत्पादन गरी त्यसमा अनुदान दिने लगायतका व्यवस्थाले बजेट उत्पदान हुन सक्ने बताए ।
पार्टी एकता भएपछि मंसिरभित्रै निर्वाचन पार्टीलाई अगाडि बढाइने नेकपा स्थायी समिति सदस्य पाण्डेले बताए । उनले पार्टी एकता हुँदा पहिलेका निर्वाचित व्यक्तिहरुलाई हाल मन्त्री सांसद् भएपनि उनै व्यक्तिहरुलाई जिम्मेवारी दिने सहमति अनुसार पार्टीको एकता प्रक्रिया टुंग्याइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार