१० श्रावण २०८१, बिहीबार

सुदूरपश्चिममा ओली पक्षको बर्चश्व (सूचिसहित)



धनगढी । सोमबार भएको पार्टी एकता अनुसार सुदूरपश्चिममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपीशर्मा ओली पक्षको बर्चश्व देखिएको छ । नौ जिल्लामध्ये ओलीपक्षका चार जना अध्यक्ष भएका छन् ।


नेकपा स्रोतका अनुसार नौ जिल्लामाचार ओली, चार अर्का अध्यक्ष प्रचण्ड र एक बरिष्ठ नेता माधव नेपाल पक्षका अध्यक्ष भएका छन् । सुदूरपश्चिममा तत्कालिन एमालेले पाँच र माओबादीले चार जिल्लाको नेतृत्व पाएको छ । त्यसमा अछामका शेरबहादुर कुँवर मात्रै नेपाल पक्षका हुन भने बाजुराका कालीबहादुर शाही, डोटीका चक्रमल्ल, कैलालीका रतन थापा र दार्चुलाका सुरेन्द्र पाल ओली पक्षका हुन् ।
यस्तै गरेर माओवादीबाट अध्यक्ष भएका डडेलधुराका मानसिंह माल क्रान्ती, दार्चुलामा गणेश खत्री पावेल, कञ्चनपुरका वीरबहादुर थापा र बझाङका मीनबहादुर कुँवर विश्वास प्रचण्ड पक्षधर हुन् ।

को भए जिल्ला सचिव ?

एमालेले अध्यक्ष पाएको ठाउँमा तत्तकालिन माओबादीका जिल्ला संयोजक सचिव हुने र माओबादीले अध्यक्ष पाएको ठाउँमा तत्कालिन एमालेका अध्यक्ष सचिव हुने नीति आएपछि तत्कालिन एमालेबाट कञ्चनपुरका अध्यक्ष भएका तारालामातामाङ र डडेलधुराका अध्यक्ष डा. तारा जोशी जिल्ला सचिव भएका छन् ।
बझाङमा एमालेका जिल्ला अध्यक्ष दीलबहादुर सिंह, दार्चुलामा एमालेका तत्कालिन अध्यक्ष रामदत्तजोशी सचिव भएका छन् ।
बैतडीमा माओवादीका तत्कालिन जिल्ला संयोजक भने प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट सचिव भएका छन् । कैलालीमा माओवादीका तत्कालिन संयोजक लालबहादुर सोडारी सचिवमा छनौट भएका छन् । यस्तै गरेर अछाममा माओवादी पक्षका झपट साउद, बाजुरामा भरतबहादुर वुढा र डोटीमा शैलेन्द्र विक सचिव भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार