१२ श्रावण २०८१, शनिबार

बालिकामाथि यौन हिंसाको आरोपमा वडा सचिव पक्राउ



धनगढी । घोडाघोडी–४ र ९ का वडा सचिव एक बलिकालार्इ करणी प्रयास गरेको अभियाेगमा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय सुख्खडले  ५० वर्षीय  वडा सचिब यज्ञ राज आचार्यलाई रामपुरबाट पक्राउ गरेको हाे । उनले ठाउँमा बस्ने १२ वर्षिया वालिकालाई करणी गर्ने प्रयास गरेको आरोप छ ।

शुक्रबार राति साडे ११ बजे तिर घर मै वालिका सुतिरहेको अवस्थामा करणी प्रयास गरेको बताईएको छ । पीडीतको परिवारले शनिबार इलाका प्रहरी कार्यालय सुखडमा कारबाहीको लागी उजुरी समेत दिएका छन् ।

आरोपित आचार्यलाई यौन दुब्याहार अन्र्तगत मुद्धा चलाईने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरिक्षक यक्ष राज जोशीले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार