१० श्रावण २०८१, बिहीबार

दलमा छलफल गरेर मात्रै संसद्मा बोल्न नेकपा संसदीय दलको निर्देशन (भिडियोसहित)



धनगढी । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश संसदीय दलले प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट तिब्र गतिमा खर्च गर्ने निर्णय गरेको छ ।

दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षता बिहिबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बसेको बैठकले त्यस्तो निर्णय गरेको हो । दलका उपनेता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री बा“की रहेको अढाई महिनामा सकेसम्म तिब्र गतिमा काम गर्ने निर्णय भएको बताए ।

प्रदेश सरकारले पुँजिगत खर्च गर्न नगरेको आरोप लागिरहेको बेला नेकपाको प्रदेश संसदीय दलले बजेट कार्यान्वयनमा तिब्रता दिने निर्णय गरेको हो । बैठकमा सांसद्हरुले मन्त्रीहरुलाई बजेट कार्यान्वयन गर्न नसकेको विषयमा आलोचना गरेको स्रोतले जनाएको छ । मन्त्रीहरुले बजेट कार्यान्वयन गर्न ढिलो भएको स्वीकारेको समेत स्रोतले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश सभामा सांसद्हरुले प्रदेश सरकारको आलोचना बरेको विषयमा समेत छलफल भएको थियो । स्राेतका अनुसार लिखित निर्णय नभएपनि सांसद्हरुले प्रदेश सभामा बोल्दा संसदीय दलमा छलफल गरेर मात्रै बोल्ने मौखिक सहमित भएको छ । मन्त्री शाहले पनि संसद्मा बोल्दा सांसद्हरुले संसदीय दलमा र पार्टीमा छलफल गरेर मात्रै बोल्ने निर्देशन दिएको बताए । उनले सांसद्हरुले सरकारले जनताको अपेक्षा अनुसार छिटो काम गर्न सुझाव दिनु स्वाभाविक विषय रहेको बताए ।


नेकपा प्रदेश संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले सांसद्हरुले सरकारको आलोचना नगरेको बताए । उनले सत्तापक्षका सांसद्हरुले जनसरोकारका विषयहरु संसद्मा उठाउदा सरकारसंग सम्बन्धित भएको जस्तो मात्रै देखिएको बताए । ‘सरकारले एकदमै गलत ग¥यो हामीले भनेकै छैनौं,’ प्रमुख सचेतक लामाले भने, ‘बोल्दा शैली नमिलेको हुनसक्छ ।’

आउदो वर्षको बजेट निर्मँणमा सांसद्हरुलाई योजना छनौट गर्ने जिम्मेवारी दिने निर्णय पनि गरेको छ । प्रमुख सचेतक लामाले सरकार र सांसद्हरुको भूमिकाको समिक्षा गर्नुका साथै बजेट कार्यान्वयन, आगामी बजेट निर्माणको विषयमा छलफल भएको बताए ।
छ महिनापछि बसेको नेकपा संसदीय समितिको बैठक करिब १० घण्टासम्म चलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार