१२ श्रावण २०८१, शनिबार

मुख्यमन्त्री बसेको स्टेज भाँचिदा चार घाइते



डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समेत स्टेजमा बसेको बेला हावाहुरी चल्दा अजयमेरु महोत्सवको स्टेज भाँचिएको छ ।


महोत्सव उद्घाटनका लागि बुधबार डडेल्धुरा पुगेका मुख्यमन्त्री भट्टसहित अतिथिहरु बसेको बेला स्टेज भाँचिएपछि चार जना घाइते भएका छन् । महोत्सवको उद्घघाटन कार्यक्रम सञ्चालन भइरहेको बेला हावाहुरी सहित पानी परेका कारण स्टेज भाँचिएको तत्कालीन जिल्ला बिकास समिति डडेलधुराका सभापति तथा नेकपा सुदूरपश्चिम प्रदेश कमिटी सदस्य गजेन्द्र शाहीले जनाए ।
अजयमेरु गाउँपालिकामा रहेको ऐतिहासिक पर्यटकीय क्षेत्र अजयमेरु कोटका साथै स्थानीयस्तरको सांस्कृतिक, कृषि क्षेत्र, धार्मिक क्षेत्रको प्रचार–प्रसार गर्नका लागि अजयमेरु महोत्सवको आयोजना गरिएको छ । महोत्सवमा लोप हुन लागेका स्थानीय परिकार, दलन, सिलाटो जस्ता पर्दशनी गरिने आयोजकले जनाएको छ । महोत्सवमा करिव ३० लाख खर्च हुनेछ ।
पाँच दिनसम्म संचालन हुने महोत्सवमा करिव ३० हजार दर्शकले आवलोकन गर्ने आयोजकको अनुमान गरेको छ । ‘कृषि पर्यटन, कला संस्कृति र खेलकुलको विकासमा हाम्रो अभियान, अजयमेरु महोत्सव मार्फत गाउँपालिकाको पहिचान’ भन्ने महोत्सवको मूल नारा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार