१२ श्रावण २०८१, शनिबार

एनएमबीले ल्यायो, नयाँ बचत योजना



धनगढी । “खोलौ बैंक खाता अभियान २०७६” अन्तर्गत एनएमबि बैंकले ‘एनएमबि सबैको सहारा बचत खाता’ नामक नयाँ बचत योजना संचालनमा ल्याएको छ ।


एनएमबि बैंकले आफनो ‘एक घर एक खाता’ अभियानलाई परिस्कृत गर्दै योजनाको नारा ‘सबैका लागि बचत, सधैका लागि सहारा’ राखेकोे छ ।
यस योजनामा खाता खोल्दा बैंकको तर्फबाट ग्राहकको खातामा एक सय रुपैया“ जम्मा गरिने जानकारी दिइएको छ । मंगलबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा बैंकले नयाँ बचत योजनाबारे जानकारी दियो ।
बैंकका अनुसार यस खातामा प्रत्येक ग्राहकहरुको अग्रिम बीमा सुरक्षण गरिने छ । खातावालको दुर्घटना मृत्यु वा दुर्घटनाका कारण स्थायी रुपमा अंगभंग भएमा, वा क्यान्सर, मृगौलाको निस्कृयता, कलेजोको रोग, मस्तिस्कघात, हृदयाघात, पक्षघात आदि जस्ता १८ गम्भीर रोगमध्ये कुनै एउटा रोग लागेको खण्डमा खातावाला या निजको नजिकको हकवालालाई १० लाख रुपैयाँ सम्मको बीमा रकम उपलब्ध गराउने बैंकले जानकारी दिएको छ ।
त्यस्तै, सो खातामा सर्वाधिक ब्याजदर, निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिंग, निशुल्क ईन्टरनेट बैंकिंग, तथा डिलाइट एटिएम कार्डको माध्यमबाट नेपालभरिका जुनसुकै एटिएमबाट निशुल्क रकम झिक्न सकिने सुविधा समेत रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार