११ श्रावण २०८१, शुक्रबार

बजाज आरई र म्याक्सीमा सीको खरिदमा हिमस्टार फ्रिज



धनगढी । बजाज तीन पांग्रे बजाज आरई र म्याक्सीमा सीको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०७६ को योजना सार्वजनिक गरेको छ । कम्पनील “अब नो चिन्ता गर्मीमा, आरई वा म्याक्सीमा सी किन्दा फ्रिज सित्तैमा” भन्ने नारा सहित नया“ वर्षको योजना ल्याएको छ ।


कम्पनीद्वारा बुधबार प्रेषित जानकारीपत्रमा “कम्पनीले नयाँ वर्ष २०७६ को अवसरमा ल्याएको विशेष अफरमा ग्राहकहरूले बजाज आरई वा म्याक्सीमा सी किन्दा हिमस्टारको १९० लिटरको फ्रिज सित्तैमा पाउने” उल्लेख छ । यो योजना २०७५ साल चैत १५ गतेदेखि २०७६ साल जेठ १५ गतेसम्म लागू हुने जनाइएको छ । यो अफर बजाज आरई र म्याक्सीमा सी का सबै आधिकारिक डिलरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
कम्पनीले बजाज आरई र म्याक्सीमा सीले विदेशमा रोजगारीको अवसर खोजिरहेका र विदेशबाट फर्किएका व्यक्तिका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने दाबी गरेको छ । कम्पनीका अनुसार बजाज आरईमा तीन वर्षिय बीमा योजना रहेको छ । बजाज आरईले चालकहरूका लागि पा“च लाख रुपैया“को स्वास्थ्य बीमा र २० लाख रुपैया“को आकस्मिक बीमा योजना ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार