१० श्रावण २०८१, बिहीबार

प्रदेश लोकमार्ग विधेयकमाथि दफावार छलफलको प्रतिवेदन प्रस्तुत



धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बुधबार बसेको बैठकमा प्रदेश लोकमार्ग विधेयक २०७५ माथि दफावार छलपल गरी तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको छ ।


भौतिक पूर्वाधार विकास मन्त्रालयका तर्फबाट पेश भएको विधेयक दफावार छलफलका लागि अर्थ, विकास तथा प्राकृति स्रोत समितिमा पठाइएको थियो । समितिमा दफावार छलफलपछि केही दफाहरुमा संशोधन गर्दै समितिका तर्फबाट तयार गरिएको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गरिएको हो ।
प्रतिवेदन प्रस्तुत गर्दै अर्थ विकाास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले बिशेष उद्देश्यका लागि बनाइएको सडकमा राखिएको माल बस्तुले सडक आवागमनमा अवरोध पु¥याएमा त्यस्तो मालबस्तु हटाउने अधिकार सम्बन्धित मन्त्रालय र मातहतका निकायमा हुने र हटाउन आदेश जारी गर्न सक्ने गरी ब्यवस्था विधेयकमा गरिएको बताए ।
प्रदेश सभाको बुधबारको बैठकमा सभामुखले बैठक शुरु गर्नासाथ समय लिएर बोल्दै प्रदेश सासंद दुर्गा कुमारी कामीले यसै महिना दुई पटक आएको असिनापानी र चट्याङका कारण आफ्नो गृह जिल्ला अछाममा एक जनाको मृत्यु भएको र केही मान्छे घाइते हुनुका साथै बालीमा पनि क्षति पुगेकोले सरकारले राहत उपलब्ध गराउनुपर्ने माग गरिन् ।
प्रदेश सभाको बुधबारको बैठकमा प्रदेश लोकमार्ग विधेयकमाथिको प्रतिवेदन मात्रै प्रस्तुत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार