१० श्रावण २०८१, बिहीबार

चार्टर गरी गर्भवतीको उद्धार



धनगढी । सुदूरपश्चिम प्रदेशको सामाजिक मन्त्रालयले एक गर्भवतीलाई जहाज चार्टर गरी उद्धार गरेको छ ।

बाजुराको बुढिनन्दाकीकी सेतु लुहारलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट उद्धार गरी नेपालगञ्ज अस्पताल पु¥याएको हो । गम्भिर अवस्थाकी लुहारलाई उपचारका लागि स्थानीय कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पु¥याइए थियो । त्यहाँ उपचार सम्भव नभएपछि मन्त्रालयको सहयोगमा उद्धारका लागि जहाज चार्टर गरिएको थियो ।
५ महिनाको गर्भवती रहेकी सेतु लुहारको उच्च रक्तचाप र फोक्सोमा पानी भरिएको थियो । अवस्था निकै जोखिम भएकाले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव भएन । तत्काल सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीसँग सल्लाह गरेर दुई लाखमा सीता एयरको जहाज चार्टर गरेर नेपालगञ्ज पठाइएको मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कँुवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार