१० श्रावण २०८१, बिहीबार

शैक्षिक सामग्री वितरण



धनगढी । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ५ मा रहेका दुई वटा विद्यालयमा अध्ययन गर्ने अपाङ्गता भएका तथा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

वडा नम्बर ५, खानीडा“डामा रहेको शुक्र माध्यमिक विद्यालय र मसानी आधारभूत विद्यालयमा अध्ययनरत अपाङ्गता भएका छ जना तथा दलित समुदायका २५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जनाइएको छ ।
बुधबार एक कार्यक्रमबीच वडाध्यक्ष नरबहादुर तामाङले उनीहरुलाई स्टेशनरी, झोला, स्कुल ड्रेस लगायतका सामग्री वितरण गरे र
वडाध्यक्ष तामाङका अनुसार चुरे गाउ“पालिका वडा नम्बर ५ मा रहेका अन्य विद्यालयमा अध्ययनरत अपाङ्गता भएका तथा दलित समुदायका बालबालिकालाई पनि शैक्षिक सामग्री वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार