१४ कार्तिक २०८१, बुधबार

वि एण्ड ए अटोमोटिभ्स उद्घाटन



धनगढी । वि एण्ड ए अटोमोटिभ्सले धनगढीको चटकपुरबाट महिन्द्रा टु र थ्रि ह्वीलर्सको विक्री वितरण थालेको छ ।


कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र कैलाली उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष राजेश भण्डारीले सोमबार संयुक्त रुपमा वि एण्ड ए अटोमोटिभ्सको शो रुम उद्घाटन गरेका छन् । वि एण्ड ए अटोमोटिभ्सले महिन्द्राको मोटरसाइकल, स्कुटी र ईलेक्ट्रोनिक अटोरिक्सा विक्री गर्ने सञ्चालक अविनाश चौधरीले बताए ।
सो अवसरमा कैलारीका अध्यक्ष चौधरीले मुलुकमा संरचना फेरिएसंगै सुदूरपश्चिम प्रदेशमा व्यापार व्यवसाय पनि फस्टाउँदै गएको बताए । उनले युवाहरुको चाहनालाई महिन्द्रा टु ह्वीर्सले पुरा गर्ने समेत बताए ।
व्यवसायी भण्डारीले कम्पनीहरुको व्यवहारका कारण व्यवसायीले समस्या झेल्नु परेको बताए । उनले महिन्द्रा कम्पनीले सुदूरपश्चिममा उत्पादन स्थापित गर्ने बि एण्ड ए अटोमोटिभ्सलाई सधै सहयोग गर्ने अपेक्षा राखेको बताए ।
महिन्द्राले पाँच किसिमको मोटरसाईकल र स्कुटीहरु र ईरिक्सा उत्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार