१८ बैशाख २०८१, मंगलवार

ऋणमा महिलाको पहुँच बढाउनु होस: उप–प्रमुख भट्ट



धनगढी । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टले ऋणमा महिलाको पहुँच बृद्धी गर्न बैंक तथा बित्तिय संस्थाहरु संग आग्रह गरेकी छन् ।


सोमबार धनगढीको हसनपुरमा जनता बैंकको एटिएम सेवाको उद्घाटन गर्दै उप–प्रमुख भट्टले यस्तो आग्रह गरेकी हुन । पुरुषको तुलनामा महिलाहरुको बैंक तथा बित्तिय संस्थाहरुबाट ऋण प्राप्त गर्ने संस्था न्यून रहेको छ उप–प्रमुख भट्टले भनिन्‘ त्यसैले कसरी महिलाहरुलाई आर्थिक गतिविधीमा जोड्न सकिन्छ त्यसमा ध्यायन दिन म आग्रह गर्दछु ।
उप–प्रमुख भट्टले बैंक तथा बित्तिय संस्थाबाट सहज रुपमा ऋण पाएमा महिलाहरुले ब्यापार ब्यावसाय गर्न सक्ने बताईन । ऋण तिर्ने कुरामा पनि महिलाहरु इमान्दार हुन्छन् उप–प्रमुख भट्टले भनिन्‘ त्यस कारण लगानी डुब्ने सम्भावना पनि हुदैन ।
जनता बैंकका डेपुटी प्रमुख पर्शुराम क्षेत्रीले आफुहरु पछाडी परेका बर्ग र सिमान्तकृतहरुलाई सबै प्राथमिकतामा राखेर काम गरिरहेको बताए । जनता विकास बैंक धनगढीका प्रमुख मुकुन्द भट्टले सेवाग्राहीलाई सहजरुपमा सेवा दिने उदेश्यले एटिएम सेवा बिस्तार गरिएको बताए । उनले भने, हामी अन्य सेवा समेत बिस्तार गर्दै लगिरहेका छौं ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार