१४ कार्तिक २०८१, बुधबार

निर्माण व्यवसायी संघकाे पदस्थापन



धनगढी । निर्माण व्यवसायी संघ कैलालीका नवनिर्वाचित पदाधिकारीको शुक्रबार पदस्थापना तथा सपथ ग्रहण भएको छ ।
संघको सभाहलमा संघका निवर्तमान अध्यक्ष प्रकाश सेठ्ठीको अध्यक्षतामा एक समारोहको आयोजना गर्दै निर्वाचन समिति संयोजक विरबहादुर जेठाराले पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

संघमा यज्ञराज उपाध्यायको अध्यक्षतामा १८ सदस्यीय सर्वसम्मतीले चयन भएका थिए । जसको वरिष्ठ उपाध्यक्षमा टेकबहादुर मल्ल, प्रथम उपाध्यक्षमा ओमराज पाठक, द्धितिय उपाध्यक्षमा राजेन्द्रप्रसाद जोशी, महासचिवमा दिनेशबहादुर सिंह, उपमहासचिव नीतिगतमा धिरेन्द्र सावद, उपमहासचिव आन्तरिकमा विक्रम विष्ट, कोषाध्यक्षमा दीर्घराज जोशी, सहकोषाध्यक्षमा तपेन्द्र शाह रहेका छन् ।
यस्तै सदस्यमा अमरबहादुर खडका, अमरसिंह टेर, अमरसिंह रावल, जनक कु“वर, योगेन्द्र चन्द, सुरेन्द्रराज भट्ट, शिद्धराज भट्ट रहेका छन भने महिला सदस्यमा मिनाकुमारी शर्मा र समावेसी सदस्यमा मदनबहादुर विसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार