दोस्तो प्लस पिकअपको बिक्री शुरु
धनगढी । कैलालीको धनगढीमा अशोक लेल्याण्डको दोस्तो प्लस पिकअप गाडी विक्रीवितरण शुरु गरिएको छ । आइएमइ मोटर्सले बुधबार एक कार्यक्रमको आयोजना गर्दै धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडबाट विक्रीवितरणको शुभारम्भ गरेको हो ।
आइएमइ मोर्टसका प्रोडक्ट इञ्चार्ज प्रभात विक्रम विष्टले दोस्त प्लसको पिकअपमा भारबहान क्षमता भएको, चलाउन सहज लगायतका विशेषता गाडीमा रहेको बताए ।
यो सँगै गाडीमा क्यासलेस इन्स्यूरेन्स पनि लागू गरेको जानकारी दिए । यो गाडीको बजार मूल्य २० लाख ४० हजार रहेको जनाइएको छ ।




