नमुना कृषक सहकारीको नयाँ कार्यसमिति
टीकापुर । टीकापुरमा रहेको नमुना कृषक बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारण सभाबाट जीतबहादुर चौधरी पुनः सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।
त्यस्तै, सञ्चालक समितिको उपाध्यक्षमा सीता चौधरी, कोषाध्यक्षमा जोखनलाल चौधरी, सचिवमा विश्वराज चौधरी र सहसचिवमा खगिसरा घर्तिमगर निर्विरोध चयन गरेको छ ।
त्यस्तै, लेखा संयोजकमा अशोजी घर्तिमगर र सदस्यहरूमा मानबहादुर चौधरी र झगरु चौधरी चयन भएका छन् ।
यसअघि साधारण सभाको रानी जमरा कुलरिया सिंचाई आयोजना कृषितर्फ कार्यान्वयन इकाई टीकापुरका प्रमुख सुनिलकुमार सिंहले उद्घाटन गरेका थिए ।
सो अवसरमा उनले यस क्षेत्रका किसानका लागि आयोजना र स्थानीय निकायमा किसानको मागमा आधारित विभिन्न कृषि कार्यक्रम सञ्चालन भइरहेकोले किसानहरू उक्त निकायसँग समन्वय र सहकार्य गर्नुपर्ने बताए ।
टीकापुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष गंगाराम आचार्यले स्थानीय निकाय पनि कृषि सहकारीसँग सहकार्य गर्दै जाने र यसको लागि यस क्षेत्रका माटो परीक्षण तथा तरकारी संकलन केन्द्रको अवधारणा अगाडि बढाइरहेको बताए ।
सभामा कोषाध्यक्ष जोखनलाल चौधरीले संस्थाको आर्थिक वर्ष २०७४÷०७५ को ४० लाख १३ हजार रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष जीतबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका बालकृष्ण चौधरी, लेखा संयोजक बलबहादुर रावल, पत्रकार गणेश चौधरीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सहकारीका उपाध्यक्ष सीता चौधरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव रामबहादुर चौधरीले गरेका थिए ।




