१८ बैशाख २०८१, मंगलवार

अगरवत्ती उद्योग सञ्चालनमा



टीकापुर । कैलालीको टीकापुरमा गोदावरी अगरवत्ती उद्योग सञ्चालनमा आएको छ । दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको सो उद्योगबाट अहिले दैनिक सातदेखि दश लाख काँटी अगरबत्ती उत्पादन भइरहेको जनाइएको छ ।
उद्योगका सञ्चालक प्रेम आचार्यले गोदावरी अगरबत्ती उद्योगबाट उत्पादित अबरवत्ती यही महिनाको अन्तिम साताबाट बिक्रीका लागि बजारमा पठाइने बताए । उनले साविक सुदूरपश्चिम र मध्यपश्चिमलाई केन्द्रीत गरेर उत्पादन गरिरहेको बताए ।
सो उद्योगमा हाल पाँच वटा मेसिनबाट अगरबत्ती उत्पादन भइरहेको छ । उद्योगमा ३५ जनाले काम गरिरहेका छन् । उद्योगले एक महिनापछि मच्छर धुप पनि उत्पादन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार