३ जेष्ठ २०८१, बिहीबार

जेष्ठ नागरिक सहायता कक्ष सञ्चालनमा



धनगढी । ज्येष्ठ नागरिकहरूलाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले कृषि विकास बैंक धनगढी शाखाले बिहीबारदेखि जेष्ठ नागरिक सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
सो सहायता केन्द्रको बिहीबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले उद्घाटन गरे । युवा शान्ति परिषद, कैलालीले सो कक्ष सञ्चालनमा ल्याएको जनाइएको छ ।
कृषि विकास बैंक, धनगढी शाखाबाट पाँच हजार बढी जेष्ठ नागरिकसहितका सेवाग्राहीले स्थानीय तहबाट वितरण गरिने सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका छन् ।
कार्यक्रममा कृषि विकास बैंकका शाखा प्रबन्धक डम्बरसिंह गुरुङले सबै वडाका जेष्ठ नागरिकलाई सजिलो होस् भनेर बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बुझ्ने व्यवस्था मिलाएको बताए ।
युवा शान्ति परिषदका संयोजक प्रेम ढुंगानाले सहायता कक्षमा चेक काट्ने, केवाईसी भर्ने, सल्लाह दिने लगायतका सेवा प्रदान गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार