५ जेष्ठ २०८१, शनिबार

यमाहा मिनी मेला शुरु (भिडियोसहित)



धनगढी । यमाहा मोटरसाइकलको चार दिने मिनी मेला धनगढीमा शुरु भएको छ । मेलाको बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घ सोडारीले उद्घाटन गरे ।
सो अवसरमा प्रदेश सभाका सदस्यहरू नेपालू चौधरी, नन्दबहादुर साउँद लगायतको उपस्थिति रहेका थियो । कार्यक्रम स्वेता ट्रेडिङ कन्र्सन धनगढीका सञ्चालक राजेश भण्डारीका बुबा बद्रीनाथ भण्डारीको अध्यक्षतामा भएको थियो ।

१८ गतेसम्म सञ्चालन हुने विजय यात्रा स्किम दिइएको मेलामा स्क्रायाच गरेर नयाँँ मोटरसाइकल किन्दा सात हजारदेखि एक लाखसम्म छुट पाउने सम्भावना रहने यमाहाका प्रतिनिधि भानुभक्त चौधरीले बताए ।
मेलाका क्रममा जुनसुकै कम्पनीको पुरानो मोटरसाइकल साट्दा कम्तिमा ३० हजार मूल्यांकन हुने उनले बताए । मेलामा नयाँ मोटरसाइकल किन्दा हेल्मेट, लेगगार्ड, फुटम्याट, व्याग, वाइक कभर, ग्लोभ निःशुल्क पाउने व्यवस्था गरिएको यमाहाको आधिकारिक विक्रेता स्वेता ट्रेडिङ कन्सर्न धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार