५ जेष्ठ २०८१, शनिबार

किसानहरू सस्तोमा धान बेच्न बाध्य



सुखड । सरकारले धानको समर्थन मूल्य तोके पनि कैलालीका अधिकांस किसान सस्तो मूल्यमा धान बेच्न बाध्य छन् ।
भदौको दोस्रो साता नेपाल सरकारले निर्धारण गरेको मूल्यमा खाद्यान्न व्यापारीहरूले किसानसँग धान खरिद गरिरहेका छैनन् । सरकारले यस वर्षका लागि मोटो धानको समर्थन मूल्य प्रतिकिलो २२ रुपैयाँ ३० पैसा तोके पनि कैलालीमा १७ रुपैयाँदेखि १९ रुपैयाँ ५० पैसामा किसानहरूले धान बेच्न बाध्य छन् ।
घोडाघोडी नगरपालिका ४ गैडाखेडाका कृषक रामबहादुर शाहीले सरकारले धानको समर्थन मूल्य तोकेर मात्रै नपुग्ने भएकाले सरकारले नै किसानको धान किन्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार