५ जेष्ठ २०८१, शनिबार

भन्सार छलेर भित्राइएको सामान बरामद



धनगढी । सशस्त्र प्रहरी बलले एक साताको अवधिमा कैलालीका विभिन्न सीमा नाकाबाट भन्सार छलेर ल्याउँदै गरेका अवस्थामा लाखौं रुपैयाँ मूल्यका व्यापारिक सामान बरामद गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न स्थानमा भन्सार छलेर नेपाल भित्राउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले सामान बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल, नेपाल गण हेडक्वार्टर कैलाली नम्बर ३४ का अनुसार एक हप्ता अघि भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा एक लाख रुपैयाँ मूल्यको सामान बरामद भएको थियो ।
सशस्त्र प्रहरी बल, कैलाली नम्बर ३४ का प्रमुख विष्णु भट्टका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर २ र १९ तथा टीकापुर नगरपालिकाको वडा नम्बर ९ बाट भन्सार छलेर ल्याउँदै गरेका छ थान एलईडी टेलिभिजन, हार्डवेयरका सामान, लुगाकपडा र अन्य सामान बरामद गरेको हो ।
बरामद गरेको सामान त्रिनगर भन्सार कार्यालय धनगढी बुझाएको सशस्त्र प्रहरील जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार