२ जेष्ठ २०८१, बुधबार

व्यवस्थित मासुपसल सञ्चालनमा



धनगढी । धनगढीमा शनिबारदेखि व्यवस्थित मासु पसल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सञ्चालनमा आएको धनगढी मिट मार्टको वडाध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरे ।
हेमराज जोशी, दीपक थापा र राजेन्द्र खड्काको संयुक्त लगानीमा सञ्चालन आएको मिट मार्टमा कुखुरा, खसी र माछा उपलब्ध रहेको छ ।
मार्टका सञ्चालक थापाले पशु चिकित्सकद्वारा चेकजाँच गरिएका कुखुरा, खसी, माछाको मासु बिक्री गरिने बताए । उनले उपभोक्तालाई स्वच्छ, सफा र निरोगी मासु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार