२ जेष्ठ २०८१, बुधबार

नवज्योतिको दशौं साधारण सभा



धनगढी । धनगढी उपमहानगरपालिका–७, देवहरियास्थित नवज्योति कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा आज समापन हुँदैछ ।
साधारण सभाको उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले व्यवस्थित सहकारीले व्यक्तिको जीवनस्थरमा सुधार आई जुनसुकै काम गर्ने सकिने बताए । उनले सबै सहकारीलाई नगर सहकारी बनाउन पहल भइरहेको बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष विश्वप्रकाश पौडेलले ग्रामीण क्षेत्रका विपन्न, गरीबहरूलाई सगोल भएर लगानी र बचत गर्ने उद्देश्यले सहकारी काम गरिरहेको बताए । त्यस्तै, कार्यक्रममा देवहरिया सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवबहादुर सेट्ठीले नवज्योति सहकारीले यस क्षेत्रका महत्त्वपूर्ण योगदान गरेको चर्चा गरे ।
संस्थाका अध्यष सीताराम रानाको अध्यक्षतामा भएको कार्यक्रम लेखा संयोजक भीम पडालले वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै, संस्थाका व्यवस्थापक उग्रसेन रानाले आर्थिक वर्ष २०७५/०७६ को अनुमानित वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने ऋण संयोजक मनोजविक्रम चौधरीले संस्थाले उपलब्ध गराउने ऋण तथा ब्याजको बारेमा जानकारी दिएका थिए ।
सो अवसरमा संस्थाले उत्कृष्ट ऋणी शंकर राना र बृन्दा रानालाई सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन सचिव भीरा रानाले गरेका थिए ।

तस्बिर सौजन्य : शुलभ फोटो स्टुडियो, धनगढी

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार