१० श्रावण २०८१, बिहीबार

सिजी ब्रान्डका विद्युतीय उपकरणको बिक्री शुरु



धनगढी । सिजी ब्राण्डका विद्युतीय उपकरण बिक्रीवितरणका लागि न्यू मनिषा ईलेक्ट्रोनिक्स सञ्चालनमा आएको छ ।
न्यू मनिषा ईलेक्ट्रोनिक्सको बुधबार धनगढी उपमहानगपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले उद्घाटन गरिन् ।
चौधरी गु्रपले उत्पादन गरेका ईलेक्टोनिक्सका सामानहरू बिक्रीवितरणका लागि न्यू मनिषा ईलेक्टोनिक्स सञ्चालनमा आएको कार्यकारी निर्देशक यज्ञराज ओझाले बताए ।
सिजी ब्राण्ड सपबाट फ्रिज, टिभी, गिजर, वासिङ मेसिन, पंखा, कुलर लगायतका घरायसी तथा विद्युतीय सामानहरू पाइने ओझाले बताए ।
कार्यक्रममा चौधरी ग्रपका प्रतिनिधि शिवलाल खनालले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न आग्रह गरे । उनले सुदूरपश्चिम प्रदेशमा धनगढीको न्यु मनिषा ईलेक्टोनिक्स आधिकारीक बिक्रेता रहेको बताए । उनले सिजी ब्राण्डका ईलेक्टोनिक्स सामान मर्मतका लागि धनगढीमा प्राविधिक समेत उपलव्ध रहेका जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार